शाहले भारतीय चलचित्र ‘शुटआउट एट वडाला’मा अनिल कपुरले बोलेको डाइलग, प्रहरीकै पोशाकमा बोलेर टिकटकमा राखेको बिबिसीले जनाएको छ । शाहले बोलेको यो टिकटक सामाजिक सञ्जालम भाइरल बनेको थियो । प्रहरी प्रवक्ता मोहम्मद आसिफले इन्स्पेक्टर शाहको निलम्बन पुष्टि गरेका छन् ।
यस्तो छ निलम्बित हुने शाहले बोलेको डाइलगः ‘दुई छाकको खाना कमाउँछु, पाँचपटक नमाज पढ्छु । योभन्दा बढी मेरो आवश्यकता केही पनि छैन र मलाइ किन्ने तेरो हैसियत पनि छैन…।’
दुई वर्षअघि पनि एक प्रहरीको भिडियो भाइरल बनेको थियो । पूर्व प्रहरी अधिकृत नाचेको भिडियो भाइरल बनेपछि उनलाई पदबाट निलम्बित गरी अनुसन्धान गरिएको थियो । चित्तबुझ्दो स्पस्टिकरण दिन नसकेपछि पूर्व डिएसपीलाई पदबाट नै बर्खास्त गरिएको थियो
Post a Comment