सडकबाट ५ सय मिटर तल बस खसेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा खस्ने समस्या भएकाले पनि उद्धार जटिल भएको दाङका सिडिओ गोविन्दप्रसाद रिजालले बताए । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।तुल्सीपुर उपमहानगरपालिका–३ का वडाध्यक्ष विजय विकले दुर्घटनामा ज्यान गुमाएका १२ जनाको शव स्थानीयले निकालेको बताए ।‘१६ वटा शव उठाएर अस्पताल पठाइएको छ, अरू ५ शव दुर्घटनास्थलमा फेला परे पनि निकाल्न सकिएको छैन,’ विकले भने, ‘अँध्यारो छ, भौगोलिक अप्ठ्यारोका कारण पनि उद्धारमा समस्या भएको हो ।’ केही शव गाडीले चेपिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको उनले बताए । उपचारका क्रममा एक घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयले यसै वर्ष वनविज्ञान अध्यापनका लागि स्वीकृत पाएको थियो । घोराही १७ गैरागाउँस्थित प्राथमिक विद्यालयका कोठा प्रयोग गरेर सञ्चालन भइरहेको शिक्षालयमा ४० विद्यार्थी थिए ।हामफालेर ज्यान बचाएकी घाइते हिमाली हमाल भन्छिन्–हेर्दाहेर्दै बस भिरबाट खस्योओरालो सडकमा गाडी अगाडि बढ्दै थियो ।
एक्कासि गाडी अनियन्त्रित हुँदै भिरतर्फ बढेपछि सबै आत्तियौँ । चालकले गाडी नियन्त्रण गर्न सकिरहेका थिएनन् । हामी केहीले झ्यालबाट हामफाल्यौँ । एकैछिनमा भिरबाट खस्यो । गाडीमा १६ जना त हामी जुम्लाका मात्रै थियौँ दाङ । दाङमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका २२ जना मध्ये पाँच जनाको सनाखत भएको छ । सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा शैक्षिक भ्रमण सकेर फर्केका विद्यार्थी सवार बा ४ ख ९७६६ नम्बरको बस दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने स्थानको ओरालो घुम्ती बाटो किनारका रेलिङ र रुखसमेत भाँचेर करिब सात सय मिटर तल बस खस्दा सो हताहती भएको हो । ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरी ३७ जना सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको र ती मध्य ५ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।
बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् । शवहरु अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । शव पोष्टमार्टम गर्दै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।मृतक र १५ जना घाइते सबै घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन् । घाइते सबैलाई अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । धेरैजसोको टाउको र मेरुदण्डमा चोट लागेको छ । ११ जनाको अवस्था गम्भीर छ ।
Post a Comment