Latest Updates :

ट्रक र मोटरसाइकल एकआपसमा जुझ्दा मोटरसाइकल चालक सन्तोषको ज्यान गयो


SHARE THIS POST :
नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ बस्ने ४६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना८प ५५०६ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना८ख २२४९ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार भएकाले निजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger