Latest Updates :
LATEST UPDATES

सानैमा एउटा खुट्टा गुमाएकी निलम, छोरी ६ महिनाकी हुँदा डिभोर्स, अझै गर्दैछन् संघर्ष,

चर्चित नृत्याङ्गना निलम ढुंगाना एक खुट्टाको सहाराले सवलाङ्ग सरह उत्कृष्ट नृत्य गरेर देश विदेशमा ख्याती कमाएकी निलमको बलराम बस्नेतसँग १० वर्षअगाडि वैवाहिक सम्बन्ध जोडिएको थियो । उनीहरुको एक छोरी छिन् । ०६४ सालमा भयंकर दुर्घटनामा परेर पनि बाँच्न सफल निलमको दुर्घटनामा परेको एउटा खुट्टा गुमेको थियो ।

स्कुल जान पुलको पेटीबाट हिँडिरहेकी निलम र उनकी साथी अन्जना राईलाई ओभर लोड भएको ट्रकले किच्दा अन्जनाको दुर्घटना स्थलमै मृत्यू भएको थियो । नीलम बाँच्न त सफल भइन् तर देब्रे खुट्टा सधैंका लागि गुमाएकी थिइन । भिडियो हेर्नुहोस

धेरै राम्रो नाच्नु हुन्छ सानै देखि को रहर होकी घटना घटेपछी को हो?
सानै देखि नै नाच्ने गर्थे, बालापन देखिको नै रहर अनि इच्छा हो मान्छेको जीवन मा जस्तो सुकै घटना घटेपनि आफ्नो रहर र इच्छा छ भने सक्दो रहिछ।

अरु अन्य काम गरेर पनि त आफुलाइ चिनाउन सकिन्थ्यो नि नाच्न नै किन रोज्नु भयो त?
सानै देखि को रहर र इच्छा हो भनेर त भनी सके। फेरि एउटा खुट्टा को भर मा नाच्नु भनेको सजिलो काम होइन। हो अरु काम पनि थिए गर्ने लाई तर मलाई अगाडि बढनु थियो केही गरेर यो समाज को लागि देखाउनु थियो त्यसैले यहि आफुले सिकेको जानेको काम लाई नै निरंतरता दिए।
समाज को लागि उदाहरणीय काम गर्नु भएको छ, समाज बाट कत्ती को सहयोग पाउनु भएको छ?

जब म पहिले पटक स्टेज मा नाचेकी थिए त्यो दिनको नाच अझै पनि मेरो मानशपटल मा घुमिरहेको छ। त्यो दिन मेरो लागि अबिस्वमरिय छ। त्यही बेला बाटनै समाजले हेर्ने नजर पनि फरक बनायो। समाज को सहयोग र हैसला नभएको भए म यहाँ सम्म पनि आउनी थिइन होला।

त्यो घटना लाई कसरी सम्झन चाहनु हुन्छ?
दुर्घटना हो मेरो जिन्दगी को सबै भन्दा ठुलो दुर्घटना। म र मेरो साथि परिक्षा दिन हिनेका थियौ कस्ले सोचेको थियो र एस्तो होला भनेर साथिले ज्यान गुमाउनु पर्यो मैले खुट्टा गुमाउनु पर्यो। म आउदै छुभनेर न आउदो रहिछ जस्लाइ जहाँ पनि हुदो रहिछ। दुर्घटना।

विमानस्थलको अर्को काण्ड आउट, एसएसपी भण्डारीले कता गायब बनाए तस्करीको पाँच हजार डलर ?

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिणाममा बरामद भएको अवैध डलरसहितको विदेशी मुद्रामा विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले गोलमाल गरेको अर्को तथ्य बाहिर लिक भएको छ ।

एसएसपी भण्डारीले आफ्नै जुनियर अफिसरले पक्राउ गरेका व्यापारी सुवास श्रेष्ठसँग १५ सय अमेरिकी डलर बरामद गरेको सूचीसहितको टिपोट जोहेरी दिएका थिए । तर, एसएसपी भण्डारीले जारी गरेको विज्ञप्तिमा १० हजार डलर मात्रै देखाइएको छ ।

प्रहरीका जुनियर अधिकृतले पक्राउ गरेको १५ सय डलरमध्ये पाँच हजार डलर कहाँ गायब भयो ? भनेर खोजतलास शुरु भएको छ । पाँच हजार डलर कता गायब भएको हो त्यस विषयमा एसएसपी भण्डारीलाई जानकारी रहेको उच्च स्रोतको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापारी सुवास श्रेष्ठ र एसएसपी भण्डारी तथा बरामद भएको अवैध विदेशी मुद्रा काण्डका बारेमा फ्रान्समा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चासो दिएको स्रोतले जनाएको छ । सो विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई उम्किन नदिन आइजीपी खनालले मातहतलाई कडा निर्देशन दिएका छन् ।

प्रहरीका जुनियर अधिकृतले त्रिभुवन विमानस्थलमा व्यापारी सुवास श्रेष्ठसँग बरामद भएको डलरसहितको विदेशी मुद्राको टिपोट दैनिक नेपालले फेला पारेको छ । यो टिपोटमा रहेको अक्षर (लेखाइ) एसएसपी भण्डारीकै जुनियर अधिकृतको रहेको यथेस्ट प्रमाण दैनिक नेपालसँग सुरक्षित छ । आवश्यक पर्‍यो भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत परीक्षण गर्न सकिनेछ ।

आइजीपी खनाल आफैले विश्वास गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि पठाएका एसएसपी भण्डारीले नै व्यापारी सुवास श्रेष्ठलाई विदेशी अबैध मुद्रा तस्करीमा सहयोग गरेको चालपाएपछि चकित परेका छन् । एसएसपी भण्डारी बढुवामा पनि एक नम्बरमा परेका थिए । तर, उनको पछिल्लो हर्कतले प्रहरीभित्र हलचल ल्याइदिएको छ ।

स्रोतका अनुसार आइजीपी खनाल फ्रान्सबाट स्वदेश आउनेवित्तिकै विमानस्थलमा भएको विदेशी अवैध मुद्रा तस्करी काण्डमा एसएसपी भण्डारी मुछिएका विषयमा छानविन गर्न समिति बनाउने तयारी भएको छ ।

यता, अबैध डलरसहितको काण्डमा व्यापारी सुवास श्रेष्ठसँग नाम जोडिएपछि तनाबमा परेका एसएसपी भण्डारी तालिमका लागि विदेश उडेका छन् ।

ठूलो परिणाममा अवैध डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका व्यापारी सुवास श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
विमानस्थलको पार्किङ एरियामा ‘कान्तिपुर क्याफे’ समेत सञ्चालन गर्दै आएका श्रेष्ठले विगतमा पनि डलर तस्करी गर्दै आएको आशंकामा आइतबार पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

शुक्रवार मध्यान्ह पौने २ बजे थाई एयरको फ्लाईट नम्बर टिजी–३२० मार्फत पाँच सदस्य परिवारसहित बैंकक जाँदै गर्दा सुवास श्रेष्ठलाई थाई भाट २२ हजार १५०, युरो १३८०, अमेरिकी डलर १० हजार र चिनियाँ युआन ८० हजार सहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेको केही समयमा उल्टै पक्राउ गर्ने प्रहरीहरूलाई हप्काएर विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले व्यापारी श्रेष्ठलाई छाडेका थिए ।

श्रेष्ठलाई छाडेको र विदेशी मुद्राको विवरण तथा तस्वीर केही यात्रुहरूले सार्वजनिक गरेपछि आफै फस्ने डरले एसएसपी भण्डारीले शुक्रबार मध्यराति कागजमा हस्ताक्षर गर्न आउन बोलाएर व्यापारी सुवास श्रेष्ठलाई पक्राउ गरेका थिए ।

विमानस्थलभित्र भीआइपी पासको प्रयोग गरेर विगत ९ वर्षदेखि व्यापारी सुवास श्रेष्ठले तस्करी गर्दै आएको प्रहरी स्रोतको दाबी छ । विशेष गरेर सुवास श्रेष्ठले अवैध विदेशी मुद्रा तस्करी, डिउटी फ्रिका सामान बाहिर लगेर बिक्री लगायतका धन्दा गर्ने गरेको आरोप छ ।

दुर्गा बञ्जाडे नेपालकै पहिलो महिला सिडियो : यस्तो छ उहाको कामप्रति को आत्मबिस्वास सबैलाइ पारिन चकित

अर्घाखाँची जिल्लाले राजनैतिक क्षेत्रमा केन्द्रीय राजनीतिका दुई हस्ती जन्मायो । ती हुन् नेपाल कम्युनिष्ट पार्टीबाट फम्फा भुसाल र नेपाली कांग्रेसबाट पुष्पा भुसाल । कर्मचारीतन्त्रमा पनि अर्घाखाँचीकै एक चेलीले आफ्नो बेग्लै ईतिहास रचेकी छन् । ती हुन्– दुर्गा बञ्जाडे, जो कर्णाली प्रदेशका १० जिल्लामै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर ईतिहास रच्न सफल छिन् ।

उनी कर्णाली प्रदेशमै पहिलोपटक जुम्लाको सिडिओको जिम्मेवारी सम्हालेदेखि उनी चर्चामा छिन् । सिन्धुपाल्चोक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेर गत फागुन– १७ गते जुम्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न पुगेकी हुन उनी अर्घाखाँचीकै निवासी हुन् ।

अर्घाखाँची छत्रदेव गाउँपालिका– ८, मरेङ्गका पशुपति बञ्जाडे र माता कृष्णकुमारी बञ्जाडेकी माईली छोरी हुन्– दुर्गा बञ्जाडे । पहिल्लैदेखि सरकारी सेवामा कार्यरत रहे पनि २०६८ सालमा खुल्ला प्रतिष्पर्धाबाट उनले शाखा अधिकृतमा नाम निकालिन् । उनी प्रशासनिक कार्यभारको जति क्षमता राख्छिन्, त्यति नै सामाजिक कार्यकर्ताको भूमिका पनि निभाउने गरेकी छन् ।

बञ्जाडे जुम्लाको ४० औं सिडिओका रुपमा कार्यभार सम्हाल्न पुगेकी हुन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडे विकट जिल्लामा जनताको सेवा गर्न रुचाउने भएकै कारण जुम्ला रोजेर आएको बतउँछिन् । यस अवसरलाई आफूले चुनौतीकै रुपमा लिएको उनी बताउँछिन् ।

‘प्रचारमा भन्दा काममा विश्वास गर्ने प्र.जि.अ. बञ्जाडे भन्छिन्, ‘म महिला मात्र भएर होइन, सिडिओ समेत भएर मैले आफ्नो जिम्मेवारी निभाउछु । तर पनि पुरुष सिडिओसँग भन्दा म महिला सिडिओ भएको नाताले विशेषतः महिलाहरुले सहज ढंगले आफ्ना घरयासी हिंसा र अन्य संंवेदनशील कुरा राख्न तथा प्रशासनिक सेवा लिन सहज भएको छ कि भन्ने महसुस गरेकी छु ।’

उनको लोकसेवा सपना स्कुले जीवनदेखिकै हो । सरकारी कर्मचारी बन्न पाए सबैको सेवा गर्न सकिने सपना साँचेरै लोकसेवातिर लागेको उनी बताउँछिन् ।

जनप्रशासनमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल र कोरियाबाट जेण्डर एण्ड डेभलपमेन्ट स्टडीजमा स्नाकोत्तर गरेकी बञ्जाडेले शाखा अधिकृत हुनुअघि नै हिमाली जिल्ला जाजरकोटमा बसेर काम गरेको अनुभव सँगालेकी थिइन् ।

सूचना पहुँचमा सहज

सर्वसाधरणसँग सहजै घुलमिल भएर प्रशासनिक सेवा दिने सिडियोका रुपमा स्थानीयमाझ उनी चिनिएकी छन् ।

‘उहाँ आएपछि जुम्ला प्रशासनमा पहिलोपटक वेबसाईट र फेबबुक पेज सञ्जालनमा आयो,’ स्थानीय पत्रकार कृष्णमाया उपाध्याय भन्छिन्, ‘अहिले पूर्ण डिजिटल प्रविधिमा हामीजस्ता पत्रकारले मात्र होइन, सबै नागरिकले सहजरूपमा सूचनाको हकको हक प्रयोग गर्न पाइरहेका छन् ।’

केहि दिन अघि नेपाल पत्रकार महासंघकोे स्थापना दिवसको अवसरमा सहभागी भई उनले सबै कार्यालयमा सूचना अधिकृत तोक्दै पत्रकारहरुलाई मात्र होईन आमनागरिकलाई समेत सुचनाको सहज पहुँच उपलब्ध गराउन निर्देशन दिइन् । यसअघि सुचना अधिकृत तोकिए पनि उनिहरुको सम्पर्क नम्बर, ईमेल केही नहुँदा सूचना लिन गाह्रो थियो ।

‘अहिले सहज रुपमा सुचना पाउन थालेका छौं,’ उपाध्याय भन्छिन् ‘सिडिओ सावले सिन्धुपाल्चोकमा छँदा भूकम्पपीडित महिलाको उद्धारमा निकै महत्वपूर्ण भूमिका निभाउनुभएको हामीले त्यहाँका पत्रकार साथीहरुबाट थाहा पाएका थियौं ।’

सिन्धुपाल्चोकमा छँदा बञ्जाडेले महिलाहरुलाई वैदेशिक रोजगारमा अन्य विवरण नबुझी जान नहुने लगायतका विषयमा कानुनी परामर्श दिएकी थिइन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनले जिल्ला सुरक्षा समितिको सदस्य सचिवको जिम्मेवारी समेत कुशल ढंगले निभाइन् । त्यति बेला महिला कर्मचारी मात्रै भएका नमुना मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारीसमेत बहन गरेकी थिइन् ।

जुम्लामा आएको छोटो समयमै बञ्जाडेले केही उल्लेखनीय काम गरेकी छन् । स्थानीय निकायसँग समन्वय गरेर दुई–दुई स्थानमा सार्वजनिक सुनुवाई राखिन् भने नागरिकका समस्या सुन्दै कानुनी परामर्श सुरु गरिन् ।

आगामी दिनमा अझ धेरै आशा

जुुम्लास्थित रेडियो नारी आवाजकी स्टेशन म्यानेजर दिलमाया शाही भन्छिन्, ‘कर्णालीमा महिला भएर टिक्न गाह्रो हुने थलो हो । जाजरकोटबाट म यहाँ आउँदा दिशा लागेको लुगामा साबुन लगाउन हुँदैन भन्ने अन्धविश्वास थियो । बालविवाह र छुईप्रथा (रजश्वला भएकी महिलालाई छुन नहुने) अहिले पनि व्याप्त छ ।’

उनी थप्छिन्, ‘यस्तो समाजमा पछिल्लो चरण यहाँका महिलाहरुले हिम्मत गर्नुुभयो । २०७४ सालमा माओवादीबाट गोमा कुँवरले चुनाव जितेर राज्यमन्त्रीसम्म हुनु भयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट कान्तिका सिजवाल चन्दनाथ नगरपालिकाको मेयरमा विजयी हुनुभयो । माओवादीबाट अप्सरादेवी न्यौपाने (महत ) पनि उपमेयरमा विजयी हुनुभयो । अहिले सिडिओ मात्र होईन यहाँको प्रहरी निरीक्षक नवीनान ओली समेत महिला नै पाएका छौं ।’

सिडिओका रुपमा बञ्जाडे आउनेबित्तिकै जुम्लाका पत्रकार र आम नागरिकलाई सहज सुचनाको पहुँच बनाइदिनु नै राम्रो काम रहेको शाही बताउँछिन् । जेष्ठ नागरिक, अपाङ्ग, महिलालाई विशेष प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नु अर्को राम्रो काम हो । प्रशासनबाहिर निकै फोहर हुने गर्दथ्यो, अहिले सफा देखिन्छ । आगमी दिनमा उनीबाट धेरै आशा राख्न सकिने स्थानीय बताउँछन् ।

विश्वास जित्नुभएको छ : पूर्वराज्यमन्त्री

जुम्लाकी अगुवा महिला एवं पूर्वराज्य मन्त्री गोमा कुँवरले लैङ्गिक दृष्टिकोणले पनि बञ्जाडे महिला सिडिओ भएर आएकोमा जुम्लाका महिला स्वतः खुशी भएकोे प्रतिकृया दिइन् । उनले भनिन्– ‘पहिला हामी पुरुष सिडिओसँग फोनमा कुरा गर्न सक्दैनथ्यौं । अहिले बिहान पाँच बजेदेखि राति अबेरसम्म पनि उहाँले फोन उठाएर हामीलाई सहयोग पु¥याउनुभएको छ । हाम्रा हरेक विषयमा उहाँ निकै सकारात्मक हुनुहुन्छ ।’

आएको केही महिनामै एकदमै ठिक भन्न नसकिए पनि सुरुआत राम्रो रहेको र सबैको विश्वास जित्नथालेकोले आफूहरु सिडिओ बञ्जाडेप्रति आशावादी रहेको कुँवरको भनाइ छ ।

महिला होईन कर्तव्य सम्झिने हो : मेयर

स्थानीय तहको निर्वाचनमा देशमै पहिलो महिला मेयरका रुपमा निर्वाचित जुम्लाको चन्दननाथ नगरपालिकी मेयर कान्तिका सिजुवालले महिलाहरु केवल महिला नबेर आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्नुपर्ने बताइन् ।

संघर्षसँग जुध्न सके जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने बताउँदै उनले आफ्नो जीवनसाथी गुमाउँदाको पीडा सुनाइन् । ‘२०७० साल फागुन ४ गते अर्घाखाँचीको मसिनेको लेकमा प्लेन दुर्घटनामा परी मेरा श्रीमान् मानव सेजवालको ज्यान गएको थियो,’ भावुक हुँदै उनले भनिन्, ‘उहाँ नेपाली कांग्रेस जुम्लाको पाटी सभापति हुनुहुन्थ्यो । २०५८ साल देखि म पनि नेपाली कांग्रेसमा क्रियाशील भएकाले मैले हिम्मत हारिनँ । उहाँको राजनैतिक यात्रा र सपना पूरा गर्ने अठोट लिएँ । छोराछोरी हुर्काउनु पढाउनु पनि थियो मलाई । त्यसका बाबजुद पनि म गत निर्वाचनमा चुनाव लडँे ।’

विजयी हुँदा आफ्नै पार्टी कांग्रेसका केही मानिसहरूको विरोध र कालो झण्डाको सामना समेत गर्नुपरेको बताउँदै उनी भन्छिन्, ‘अहिले विपक्षी दलका साथीहरुबाट समेत सहयोग र साथ पाएकी छु । जनतको अपेक्षा पुरा गर्ने गरी अगाडि बढेका छौं । सिडिओ साव पनि महिला नै भएर आउनु भएकोमा खुशी छौं ।’

राम्रो नेतृत्व पाएका छौं : सहायक सिडिओ

२२ वर्षदेखि प्रशासनिक सेवाको अनुभव सँगालेका र गत केही महिनादेखि जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका देवेन्द्रप्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बञ्जाडेबाट राम्रो नेतृत्व पाएको प्रतिकृया दिए ।

उमेरले ५३ वर्ष पुगेका उनले पुरुष सिडिओ र महिला सिडिओको भिन्नता दाँज्नै नपाएको र दाँज्न पनि नहुने बताए ।

‘महिला–पुरुषको कुरा हुँदैन, जिम्मेवारी ठुलो कुरा हो,’ उनले भने, ‘उहाँबाट हामीले राम्रो नृतृत्व पाएका छौं ।’ उता सिडिओ बञ्जाडे चाहिँ आफ्नै ड्याडीको उमेरका सिनियर व्यक्ति (सहायक सिडिओ) संग मिलेर गर्न पाएकोमा एकदमै खुशी लागेको बताउँछिन् ।

आखिर ! किन आफ्नै प्राध्यापकलाई विद्यार्थीहरुले लगाईदिए कालो मोसो र जुत्ताको माला ? यसो भन्छन

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापकमाथि विद्यार्थीहरुले कालोमोसो र जुत्ताको माला लगाईदिएको छन। विद्यार्थीहरुले ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको भन्दै गतसाता ओझालाई दुर्व्यहार गरेका हुन्।ओझाले बिरोध गर्ने विद्यार्थीको प्राक्टिकल अङ्क नै कम दिने गरेको विद्यार्थीहरुको आरोप छ । यता प्राध्यापक भने ६ जना विद्यार्थीले गलत आरोप लगाएर अभद्र व्यवहार भएको अभिव्यक्ति दिएका छन्।

उनी भन्छन, ‘६ जना विद्यार्थीले विज्ञप्ति दिन आएको भन्दै कालो मोसो दलेर जुत्ताको माला लाएर फोटो खिच्नेजस्तो म माथि अभद्र व्यवहार भयो।’ पछि उनलाई कालो मोसो लगाउने विद्यार्थीले क्षेमा पनि माग्न आएता पनि गल्तिको क्षेमा योग्य नभएको उनी बताउँछन्।

दिनदहाडै यस्तो व्यवहार हुनुमा प्रसाशनको पनि कमीकमजोरी रहेको उनको भनाई छ। यद्दपी उनलाई अहिलेसम्म ती विद्यार्थीका अभिभावकले समेत खबर एकपटक नगरेको उनको गुनासो छ। ती विद्यार्थीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउँदै उनले भने, ‘आजसम्म यस्तो घट्ना घटेको पहिलोपटक हो। यस्ता घट्ना नदोरियोस भन्नको लागि पनि विद्यार्थीलाई कारवाही हुनै पर्छ।’

फिलिपको मृत्यु हुनुको कारण डाक्टरले गरे डरलाग्दो खुलासा, अन्तिम पटक भावुक हुदै कृष्टिना यस्तो भनिन् …(हेर्नुहोस् भिडियो)

फिलिपको मृत्यु हुनुको कारण डाक्टरले गरे डरलाग्दो खुलासा, अन्तिम पटक भावुक हुदै कृष्टिना यस्तो भनिन् …(हेर्नुहोस् भिडियो)

काठमाडौं- काठमाडौँ बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिकको उद्दार गरि कृस्टिना श्रेष्ठ र उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे । बेलायती नागरिक फिलिपको निधन भएको छ ।

कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन् ।

नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् । आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन । फिलिपको मृत्यु हुनुको कारण डाक्टरले गरे डरलाग्दो खुलासा, अन्तिम पटक भावुक हुदै कृष्टिना यस्तो भनिन्

आँधीबेहरी टोर्नाडो’ नेपालमा जहाँ छुन्छ, त्यहाँ पूरै ध्वस्त १४ जनाको मृत्यु

अमेरिकामा आएको आँधीको कारण १४ जनाको मृत्यु भएको छ । अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण १४ जनाको मृत्यु भएको हो ।तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। सो क्षेत्रमा ठूलो संख्यामा घरहरु भत्काएको राष्ट्रिय तथा अअन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।काठमाडौं– गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुनुहुन्छ ।उहाँले ४६ वर्ष मौसमको क्षेत्रमा काम गरेपश्चात् नास्टको प्राज्ञ नियुक्त भई अध्ययन गरिरहनु भए को छ । श्रेष्ठले भन्नुभयो, ‘‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ। जहाँ छुन्छ त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’’

शुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ। उहाँका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गरउहाँले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउ पग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १०मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उहाँले बताउनुभयो ।यो भू-उपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँ पालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिन्छ ।, गोरखापत्रमा खबर छ ।


कैलालीका वडा अध्यक्षको दादागिरी- सेवाग्राहीको निवेदन च्यात्दै दिए धम्की !

वडा अध्यक्ष, राज्यको तल्लो तहका पावरफूल जनप्रतिनिधि हुन् । तर धेरै वडा अध्यक्षलाई राज्यले दिएको पावरको दुरुपयोग गरेको गुनासो छ । यसका पछिल्लो उदाहरण बनेका छन् कैलाली माहोन्याल गाँउपालिका–६ का वडा अध्यक्ष टिकाराम भण्डारी ।

उनले आफ्नै जिल्लाको घोडाघोडी नगरपालिका १० वडाका स्थानीय जनक जोशीले माहोन्याल गाँउपालिका ६ मा फर्निचर सञ्चालनका लागि वडा सचिवले दिएको अनुमति पत्र सेवाग्राहीलाई धम्काउँदै कार्यालयमै च्यातिदिएका छन् ।

उनले आफ्नो वडामा अर्को ठाँउको व्यक्तिलाई फर्निचर सञ्चालन हुन कुनै हालतमा नदिने दाबी गर्दै आँफै सर्वस्व भएको र कोहीले केही गर्न नसक्ने भन्दै सेवाग्राहीलाई यसरी चुनौति दिएका छन् ।

वडा अध्यक्ष भण्डारीले आफ्नो मान्छेको नाममा उद्योग दर्ता गराउन लगातार दबाब दिएको र आफूले आफ्नै नाममा दर्ता गराउन चाहेपछि कागजपत्र च्यातेको जोशीको भनाइ छ । वडा अध्यक्ष भण्डारीको धम्की र कार्यालयमै वडा सचिवले दिएको अनुमति च्यात्ने कार्याशैली जनप्रतिनिधिका लागि सुहाउने कुरा होइन ।

उद्योग दर्ता गर्न गएका जोशीले आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा वडा अध्यक्ष विरुद्ध उजुरी दिएका छन् ।

Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger