Latest Updates :
LATEST UPDATES
Showing posts with label Featured. Show all posts
Showing posts with label Featured. Show all posts

आँधीबेहरी टोर्नाडो’ नेपालमा जहाँ छुन्छ, त्यहाँ पूरै ध्वस्त १४ जनाको मृत्यु

अमेरिकामा आएको आँधीको कारण १४ जनाको मृत्यु भएको छ । अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण १४ जनाको मृत्यु भएको हो ।तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। सो क्षेत्रमा ठूलो संख्यामा घरहरु भत्काएको राष्ट्रिय तथा अअन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।काठमाडौं– गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुनुहुन्छ ।उहाँले ४६ वर्ष मौसमको क्षेत्रमा काम गरेपश्चात् नास्टको प्राज्ञ नियुक्त भई अध्ययन गरिरहनु भए को छ । श्रेष्ठले भन्नुभयो, ‘‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ। जहाँ छुन्छ त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’’

शुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ। उहाँका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गरउहाँले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउ पग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १०मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उहाँले बताउनुभयो ।यो भू-उपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँ पालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिन्छ ।, गोरखापत्रमा खबर छ ।


आमाले फ्यालेर हिँडिन् :बेवारीसे शिशुलाई महिला प्रहरीले गराईन स्तनपान, दुनियाँका आँखा रसायो !

अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ । स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्। अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।

उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालार्इ स्तनपान गराएकी थिइन्। सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालार्इ स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए।

तस्विर पोस्ट भएलगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो। बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलार्इ भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए। रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालार्इ यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन्।

दुखद ख़बर !!काठमाडौँमा कारको ठक्करले नारायण खड्का को मृत्यु

सानेपा हाइटमा कारको ठक्करले एकजना पैदल यात्रुको मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार दुर्घटना बिहान साढे ५ बजे भएको हो । घाइतेलाई प्रहरीले टाउको र कानबाट रगत बगेको अवस्थामा ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको बिहान ८:३० मा निधन भएको मिश्रले जानकारी दिए ।

मृतक गोर्खा आरुघाटका नारायण खड्का रहेका छन् । उनी एक सहकारीमा गार्डकारुपमा कार्यरत थिए । ड्युटी सकेर घर जाने क्रममा उनलाई कारले हानेको हो । बा ११ च २६७४ नम्बरको कारमा पर्बतको कुश्मा घर भइ भैँसेपाटी बस्दै आएका मोहनबहादुर क्षेत्री सवार थिए ।उनी कामको सिलसिलामा बिहाने चितवन हिँडेको बताएका छन् । बिहान हुस्सुले अगाडि नदेखिएको अवस्थामा पैदल खड्का गाडी देखेर दौडीएपछि घटना भएको बताइएको छ।धादिङमा कुखुरापालन लगायत व्यवसाय गर्दै आएका उनी हाल सातदोबाटो प्रहरीको नियन्त्रणमा छन् ।

साथीहरुले सताएपछि १६ वर्षे बालिकाले स्कुल छोडिन्, २० वर्षको उमेर पुग्दा गरिन् चमत्कार

बेलायतकी एक २० वर्षीया युवती यति कम उमेरमै हरेक वर्ष १ मिलियन पाउण्ड (१४ करोड ६४ लाख नेपाली रुपैयाँ) को टर्नओभर हुने कम्पनीको मालिक बनेकी छिन् । रोचक त के भने यति ठूलो कम्पनी स्थापनाका लागि उनको लगानी कत्ति पनि परेको छैन । लिभ कोनलोभ नाकी यी युवती पढाइमा निकै अब्बल थिइन् । यति हुँदाहुँदै पनि कक्षाका साथीहरुले सताएपछि हैरान भएर उनले १६ वर्षको उमेरमै स्कुल छोड्न बाध्य हुनुपरेको थियो । त्यसपछि ती बालिकाको व्यवसायिक सफर सुरु भएको थियो ।

अहिले २० वर्षकी भएकी लिभले बीबीसी रेडियोलाई दिएको अन्तरवार्तामा भनिन् मात्रै ६ वर्षको उमेरमा स्कुल छाडेपछि उनले आफ्नै इन्टिरियर डिजाइनिङको कम्पनी सुरु गरिन् । स्कुल छोड्ने बेला उनका शिक्षकहरु पनि चकित थिए किनकि उनी क्लासकी टपर थिइन् । लिभका अनुसार उनले निकै कम उमेरमा व्यवसाय गर्ने फैसला गरेकी थिइन् । उनले १३ वर्षको उमेरमै चीनबाट सामान मगाएर इबेमा अनलाइन बेच्न थालेकी थिइन् । यसरी सामान मगाएर बेच्दा उनलाई ५ हजार पाउण्ड (७ लाख ३२ हजार नेपाली रुपैयाँ) फाइदा भएको थियो ।

पहिलो व्यवसायबाटै यत्तिको नाफा कमाएकी लिभले १६ वर्षको उमेरमा स्कुल छोडिन् । त्यसपछि उनले प्रपर्टीस्टेजर्स नाको कम्पनी सुरु गरिन् । यो कम्पनीको सुरुवाती काम खाली घरमा फर्निशिङ गराउनु थियो । यसका लागि उनले कतैबाट आर्थिक सहयोग पाएकी थिइनन् । आफूले सुरुवाती व्यवसायबाट कमाएको केही रकम बचत थियो जसबाट उनले यो कम्पनी सुरु गरेकी थिइन् । यो व्यवसायबाट पहिलो वर्ष उनले ३० हजार पाउण्ड (४४ लाख नेपाली रुपैयाँ) नाफा कमाइन् ।

दोसे वर्ष यो रकम बढेर १ मिलियन पाउण्डको आसपासमा पुग्यो । यस क्रममा लिभको उमेर पनि बढेर १९ वर्ष भयो । अहिले उनको कम्पनीले हरेक वर्ष ३ सय प्रापर्टीमा फर्निसिङको काम गर्छ । यसका लागि उनले १० जनााई जागिरमा राखेकी छिन् । यी १० जनामध्ये उनकी आमा र उनका दाजु पनि छन् ।

लिभका अनुसार हाइस्कुलका ४ वर्ष उनले नर्कमा जस्तै बिताएकी थिइन् । एक दि पनि यस्तो थिएन जुन दिन स्कुलका अरु विद्यार्थीले उनलाई सताएका थिएनन् । विद्यार्थीले सताउनुको कारण उनी क्लासको टपर र शिक्षकको प्रिय हुनु थियो । १६ वर्षको उमेरमा पढाइको तेस्रो वर्ष चलिरहँदा उनले स्कुल छोडिन् । उनको यो फैसलाबाट शिक्षक निकै रिसाएका थिए । उनीहरुले लिभलाई स्कुलको पढाइ पूरा नगर्नुको नोक्सानी बताइरहेका थिए ।

कम्पनी सुरु गर्नुको पछाडिको कहानी पनि निकै रोचक छ । त्यतिबेला लिभकी आमा आफ्नो घरलाई बेच्ने प्रयासमा थिइन् । घर बेच्ने प्रयास गरेको तीन महिना भइसकेको थियो तर ग्राहक पाइएको थिएन । त्यसपछि लिभले आमालाई घर डेकोरेट गर्ने आइडिया दिइन् । उनकी आमा कुनै यस्तो कम्पनी खोजिरहेकी थिइन् जसले उनको घरको भित्री डिजाइनिङ कम मूल्यमा गरोस् । पछि उनकी छोरी लिभले नै यो घरको डिजाइन गर्ने जिम्मा लिइन् ।

घरको भित्री डिजाइन बदलेर डेकोरेट गरेपछि तीन दिनमै त्यो घर बिक्री भयो । यसका अलावा ग्राहक घरमा भएका अन्य सामानको लागि थप पैसा दिन पनि राजी भए । लिभलाई लाग्यो कि इन्टिरियर डिजाइनिङको काममा राम्रो भविष्य छ । त्यसपछि उनले १६ वर्षको उमेरमा स्कुल छाडेर आफ्नै कम्पनी प्रापर्टीस्टेजर्स सुरु गरिन् । एक बिजनेस अवार्ड जितिसकेकी लिभले भनिन् कि उनले पहिलो ग्राहक स्थानीय नेटवर्किङ इभेटमा भेटेकी थिइन् । तर पहिलो भेटमा ती ग्राहकले उनको कुरा गम्भीरतापूर्वक लिएका थिएनन् । उनलाई काम सफल बनाउन निकै चुनौती थियो । ती चुनौती पार गर्दै आज उनी सफल व्यवसायी बनेकी छिन् ।

श्रीमतीले मोवाइलको पासवर्ड सोधिन् श्रीमानले बताएनन्, त्यसपछि जे भयो

इण्डोनेशियामा एक महिलाले श्रीमानसँग झगडा गरेपछि पेट्रोल खन्याएर श्रीमानलाई जिउँदै जलाइदिएकी छिन् । श्रीमानले मोवाइलको पासवर्ड नबताएपछि यी दुईको झगडा भएको थियो । झगडा यतिसम्म बढ्यो कि ती व्यक्तिको ज्यान गयो । पत्नीले जब पतिसँग मोवाइलको पासवर्ड सोधिन्, पतिले बताउन अस्वीकार गरे । त्यसपछि यी दुईबीच मारपीट सुरु भयो । झगडा यति बढ्यो कि पत्नीले पतिलाई जिउँदै जलाइदिइन् ।

घटना इण्डोनेशियाको पूर्वी क्षेत्र लोम्बोकको हो । यहाँ २६ वर्षका देदी पुरनामा नामका व्यक्ति घरको छतमा सफाइको काम गर्दै थिए । यही बेला उनकी पत्नी इल्हाम काहानीले उनीसँग उनको मोवाइलको पासवर्ड सोधिन् । देदीले पासवर्ड बताउन अस्वीकार गरे । त्यसपछि ती दुईबीच झगडा सुरु भयो । देदी रिसाउँदै छतबाट तल आए, झगडा झनै बढ्यो । त्यसपछि ती दुईबीच मारपीट सुरु भयो ।

ती दुईबीच झगडा यति बढ्यो कि देदीकी पत्नी इल्हामले पेट्रोल ल्याएर पतिको शरीरमा खन्याइन् र लाइटरले आगो लगाइदिइन् । घरबाट आगोको लप्का निस्किरहेको देखेपछि छिमेकमा बस्ने उक व्यक्ति दौडिँदै आए र आगो निभाएर देदीलाई अस्पताल पुर्याए । देदीको शरीर पूरै जलेको थियो र शरीरको बाहिरी भागमा गहिरो घाउहरु भएका थिए । अस्पतालमा दुई दिनसम्म उपचार हुँदा पनि उनको हालतमा सुधार आएन र अन्ततः उनले प्राण त्यागे । श्रीमतीलाई प्रहरीले हिरासतमा लिएको छ र उनीविरुद्ध हत्या अभियोगमा मुद्दा चलाइएको छ ।

रोल्पामा आमाले तरकारी बेचेर पढाएको छोरा जिल्लाकै पहिलो पाइलट बन्न सफल !

रोल्पा जिल्ला रोल्पा नगरपालिका-२ थलिवाङका शिव डाँगीे जिल्लाकै पहिलो पाइलट बनेका छन् । बाबू प्रेम बहादुर डाँगी र आमा शोभा डाँगको छोरा शिव सानैदेखि पढाईमा निकै अब्बल थिए । सानो उमेरदेखिनै कडा परिश्रम गरेर पढेका उनको लक्ष्य नै पाइलट बन्ने थियो । रोल्पा जिल्लामा जन्मिएका शिव घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि आमा र बाबूले खेती किसानी गरेर भएपनि छोराको इच्छा पुरा गरेका छन् । नेपाली सेनाको हवल्दार भएर रिटायर भएका बाबू प्रेम बहादुरले तरकारी खेती गरेर पढाएका छोरा यतिबेला पाइलट बनेर दिनदिनै आकाशमा जहाज उडाउँछन् ।

आफ्नो लक्ष्यदेखि नडग्मगाएका उनी छिमेकीले कुरा काट्ने खिल्ली उडाउने गर्दा पनि आफ्नो लक्ष्यदेखि बितलित भएनन् । कक्षा १० सम्म रोल्पाबाट आवासिय माध्यमिक तहको पढाइ पुरा गरेका उनी उच्च माविको पढाइ पुरा गर्न राजधानी आएका थिए । त्यसपछि फिलिपिन्सको मनिलामा फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष शुरु गरे । पाइलट बन्ने सपनामा बोकेर फिलिपिन्स पुगेका उनलाई सुरुमा नै कलेजले धोका दियो । पहिलो कलेजमा भर्ना गर्न ३२ लाख खर्च गरिसकेका शिवलाई फेरि दोस्रो कलेजमा भर्ना गर्नुपर्यो । निरन्तर ८ वर्षसम्म पाइलटको कोर्स गरेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर नेपाल फर्केका उनी अहिले नेपाल र भारतको आकाशमा दैनिक जासो जहाज उडाउँछन् ।

नेपाली सेनाबाट रिटायर भएका बाबूको मासिक तलबले घर खर्च चलाउन पुग्दैनथ्यो । विद्यालयमा उत्कृष्ट नतिजा ल्यार सधै प्रथम हुने भएको कारण कक्षा १२ सम्म छात्रवृत्तिमा पढेकोले खर्च कम लागेको शिवकी आमा शोभाले बताइन् । छोराको सपना पुरा गर्न रात दिन तरकारी खेतीमा तल्लीन शोभा बिहान बेलुका तरकारी बेचेर महिनामा ४०, ५० हजार कमाउने गर्थिन् । ब्यापारबाट आएको रकम छोराको पढाइ खर्चमा ठिक हुन्थ्यो । शिवले पाइलट बन्ने कुरा गर्दा छिमेकीले खिल्लली उडाउने गरेको आमा शोभोको भनाइ छ ।

तरकारी बेचेको पैसा र केही जग्गा जमिन बेचेको करिब १ करोड पैसाले जेठो छोरा पाइलट भयो कान्छो छोरा तरकारी बेचेर कमाएको पैसाले काठमाडौँमा इन्जिनियर पढ्दैछ । खेती गरेर नै भएपनि आफ्नो सन्तानको सपना पुरा गर्न सकेकोमा आफुहरु खुसी रहेको शिवका आमाबाबूले बताएका छन् । तरकारी खेतीमा आफ्नो सन्ताको सपना देखेका बाबू आमा र छोराको अडिक लक्ष्यको कारण सबै पुरा भएको र हिजो खिसी गरेर उडाउनेहरु नै आज रोल्पाको एक मात्र पाइलट भनेर छोराको प्रसंशा गरेको देख्दा आफुमा खुसीको सिमा नै नरहेको आमाको भनाइ छ । मध्यवर्गिय परिवारका शिव यतिबेला रोल्पाकै उदाहरण बनेका छन् । उनी अहिले बुद्ध एयरको विमान नेपाल र भारतको आकाशमा सधैजसो उडाउने गर्छन् ।

कारमा रुँदै मम्मी मम्मी भन्दै थिए बालक, आमाको ब्वायफ्रेण्डले कुटपिट गरेपछि मृत्यु

लण्डन । ३ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालककै आमा र उनी सँगै कारमा यात्रा गर्ने एक युवक छन्।

२५ बर्षीय युवक एड्रिन होयर र उनकी आमा २३ बर्षीया स्टफन वाटरसन पक्राउ परेका हुन्। कारको सिटमा बसेका बालक अफ्ठेरो भएपछि चिच्चाएका थिए।

सोहि कारमा सवार आमाका ब्वायफ्रेण्डले कुटपिट गरेपछि उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ। बालक रोएपछि उनले धेरै झापट हानेका थिए र बालकलाई सिटमै फालेको प्रहरी समक्ष बयान दिएका छन्।

ब्रेकअपपछि पहिलो पटक यति धेरै खुसि देखिईन नेहा कक्कड (भिडियो सहित) !

बलिउड र पन्जाबी सिंगर नेहा कक्कडले धेरै दिन देखि आफ्नो ब्रेकअपलाई लिएर चर्चामा छाएकी थिइन्। नेहाको एक पोस्ट सोशल मीडियामा निकै भाइरल पनि भएको थियो । जसमा उनले आफु डिप्रेशनमा रहेको खुलासा गरेकी थिइन्। त्यस्तै अहिले उनको अर्को एक भिडियो भाइरल भएको छ । भिडियोमा उनि ब्रेकअपपछि पहिलो पटक निकै खुसि देखिएकी छिन्।

नेहाले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्। जसमा उनि एक बच्चाको साथ आफुले गाएको सुपरहिट गित ‘आंख मारे’ मा डान्स गरिरहेको देख्न सकिन्छ । यस भिडियोमा उनि ति बच्चाको साथ जमेर मस्ती गरिरहेकी छिन् । यति मात्रै नभई उनि ति बच्चाको साथ बिल्कुल बच्चा जस्तै बनेकी छिन्। उनि गायिका मात्रै नभएर एक राम्रो डान्सर पनि हुन्।

नेहाको हालै उनका प्रेमी हिमांशसँग ब्रेकअप भएको थियो। र दुवैले एक-अर्कालाई इन्स्टाग्राममा अनफ्लो गरेका छन् । नेहाले ‘दिलबर दिलबर’, ‘लन्दन ठुमकदा, ‘काला चश्मा’, ‘छोटे छोटे पेग’, ‘मोरनी बनके’ जस्ता धेरै हिट गित दिएकी छिन् ।

श्रीमानले आफ्नै बुहारीलाई भगाइ ,उल्टो मार्ने धम्कि दिएपछि जापानबाट फर्किएकी एक चेली रुदै मिडियामा

६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन।केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्।

रेखाको एक छोरी छिन।छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत खुलासा गरेकी छिन।भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ।भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा।रेखाको कहानी सुन्दा सबैको मन रुन्छ हेरौ उनि संग पत्रकार कमल सरगमले लिएको बिशेष अन्तरबार्ता जस्ताको तस्तै :

राजधानीको होटलमा विष्फोट १४ भन्दा धेरैंको मृत्यु ! [घाइतेहरुलाई रक्तदान गर्न रेडक्रसको अपिल]

केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा आत्मघाती बम आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको छ । एक सय एक कोठा, रेस्टुरन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको होटल परिसरमा मंगलबार अपराह्न आतंककारी संगठन अल–शबाबले आक्रमण गरको हो ।

उक्त समूहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए । विस्फोटक पदार्थ बोकेका एक आत्मघाती आक्रमणकारी होटलमा छिरेपछि बन्दुकधारीले गोली प्रहार गर्न सुरु गरेका थिए । राष्ट्रपति उहुरु केन्याताले दुसित कम्प्लेक्स (होटल भवन) को सुरक्षा कारबाही सफल भएको र त्यहाँ फसेका करिब ७ सय व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए ।

राष्ट्रपतिले जानकारी दिने क्रममा गोली प्रहार र विस्फोटका आवाज सुनिएका थिए । उक्त घटनामा मारिने एक अमेरिकी र एक बेलायतीको पहिचान भएको छ । होटलमा फसेका केही व्यक्ति स्थानीय समयअनुसार बिहान साढे ३ बजे बिहान भाग्न सफल भएको जनाइएको छ । केन्या रेडक्रसले घाइतेका लागि रक्तदान गर्न आह्वान गरको छ ।

जनकपुरबाट आयो दुखद खबर : सीमा र उनकै २ वर्षीया छोरी गौरीको यस्तो रहस्यमय मृत्यु

जनकपुरधाम, ३ माघ । प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरधाममा आमा–छोरीको रहस्यमय मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की सीमा शर्मा र उनकी २ वर्षीया छोरी गौरीको रहस्यमय मृत्यु भएको हो ।

सीमाको माइती पक्षले दाइजोका कारण विष खुवाएर छोरी र नातिनीको हत्या गरेको आरोप लगाएको छ । श्रीमती र छोरीको मृत्यु भएपछि सीमाका श्रीमान समीर मिश्र फरार रहेका छन । समीर फरार हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।

पहिलेदेखि नै दाइजोका कारण समीरले सीमालाई दुःख दिने गरेको माइती पक्षको भनाइ रहेको छ । सीमा र छोरीको विषसेवनबाट मृत्यु भएको खुलेको छ । सीमाको गत मंगलबार र छोरीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीले जानकारी दिएका छन् ।

समीर फरार भएपछि प्रहरीले सीमाकी सासु किरण मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषाको प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताए ।


खसिनी दिदी’ अर्थात् आशिका तामाङको फूलकाण्ड के हो ? (भिडियो)

काठमाडौं, २ माघ । सुश्री चलचित्रकी नायिका आशिका तामाङ फेरि चर्चामा आएकी छन् । गत दशैंमा खसीको बलि दिन हुन्न भन्दै उनले रोएको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको थियो । सो भिडियो हेरेपछि धेरैले उनलाई ‘खसिनी दिदी’ भनेर भन्दै आएका छन् ।
अहिले फेरि उनी त्यही प्रकृतिको नयाँ भिडियो साथ आएकी छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । जुन भिडियो फूलकाण्डका रूपमा चर्चित छ । भिडियोमा आफूले रोपेको फूल कसैले टिपिदिएको भन्दै उनी रोइरहेकी छन् । आफ्नो फूल टिप्नेलाई श्राप नदिए पनि उनले यस्तै व्यक्तिहरूका कारण देश बिग्रेको, विकास हुन नसकेको उनको भनाइ छ ।


मेरो चरित्र हत्या नगर, यसको मुल्य धेरै मंहङ्गो हुनेछ: सावित्री सुवेदी,

मानवअधिकारकर्मी सावित्री सुवेदीले सामाजिक सञ्जाल फेसबु्कमा नक्कली आईडी बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको प्रति गम्भीर आपत्ती जनाएकी छन् । बलात्कार र महिला हिंसाका विरुद्ध पटकपटक आवाज बुलन्द गर्दै आएकी सावित्रीले केही बलात्कारी मानसिकता भएका मानिसहरुले आफूलाई झुठो र कपोलकल्पित आरोप लगाएको भन्दैँ फेसबुक स्टाटसमार्फत आक्रोश पोखेकी छिन् ।

“बच्चिहरुका जिवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछन्, उनले फेसबुकमा लेखेकी छिन्, यो आरोप प्रमाणीत गरेर कार्वाहि गर्न म खुल्ला छु । अरु अपराधी लाई कार्वाहि गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध , आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाए को प्रमाणीत गर , मलाई जेल पठाउं । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंङो हुनेछ ।”

मलाई जोडेर सामाजिक संजालमा पैशाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तक हरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु, भनेर फेसबुक स्टाटस लेखेकी छिन् ।

४ वर्षकी छोरी लिएर श्रीमानको शव बुझ्न विमानस्थल आइपुगेकी यी श्रीमती (भिडियो सहित)

मलेसियाको सेलेङ्गरमा विषाक्त रक्सी खाँदा ज्यान गुमाएका नवलपरासीका दुर्गा सिंह रानाको शव थाइ एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिदियो । त्यसबेला शव बुझ्न विमानस्थलमा कोही पुगेका थिएनन् । जतिबेला दुर्गाको शव बोकेको जहाज विमानस्थलमा अवतरण गरेको थियो, त्यसबेला आफन्त भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पशुपति आर्यघाटसम्म शव पुर्‍याइदिने गाडीका लागि निवेदन गर्दै थिए । अलिनो खाएर बुधबार मध्यरातमा काठमाडौं हिँडेका दुर्गाका परिवार र आफन्त बिहान अबेर मात्रै काठमाडौं आइपुगे । धार्के-कलंकीको जामले उनीहरुलाई अल्मल्याइदियो ।

मलेसियाबाट ठेगानको खबर नआएपछि उनीहरु रातसाँझ नभनी काठमाडौं आएका थिए । नवलपरासीको देउराली ८ बाट रातारात गरेर काठमाडौं आइपुगेका आफन्त बिहीबार पौने एक बजे विमानस्थलमा भेटिँदा उनीहरुले शव पाएका थिएनन् । दुर्गा सिंहकी श्रीमती हेममती राना आफन्तको सहयोगमा ४ वर्षकी छोरी काखी च्यापेर विमानस्थल पुग्नु भएको थियो। विमानस्थलमा खुशी लिएर फर्किनेको भिडभाडै छ । खुशी खोज्दै परदेश हिँडेकाहरु परिवारसँग विदा मागिरहेका थिए । त्यही भिडमा हुनुहुन्थ्यो हेममती र उहाँको आफन्त । एक घण्टा अघि नै आइसकेको श्रीमानको शव बुझ्न २७ वर्षिया हेममती आफन्तको साथ लागेर भन्सार तर्फ लाग्नुभयो ।

थाकेका आँखा । रुँदा रुँदा आँशु रित्तिएका झैं लाग्थ्यो । पतिको शव बुझ्न हेममती आफन्तको पछिपछि भन्सार भित्र छिर्नुभयो । शव बुझ्न भन्सारको काम सकेर हेममती र आफन्त तीनकुनेमा रहेको कार्गो तिर लागे । दिउँसो २ बजेतिर कार्गोमा भिडभाड छ । कर्मचारीको खाजा खाने समय भएकाले मानिसहरु यताउता भैतारिदिँदै छन् । खाजा खाएर कर्मचारी फर्किए । हेममतीले शव बुझ्न सही गर्नुभयो । र कागजपत्र मिलाएर शव निकालियो । सेतो कपडाले बेरेको लामो बाकस । बाकसमा हेममती र दुर्गा सिंहको नाम । शववाहन तयार थियो । बाकस गाडीमा राखेपछि पशुपति तिर गाडी हुँइकियो । अगाडि सिटमा बसेकी हेममतीले श्रीमानको शव राखिएको बाकसतिर फर्किएर हेर्नुभयो । र पशुपति आर्यघाट परिसरमा रहेको विद्युतीय शव दाह गृहमा दुर्गा सिंहको शव दाहसंस्कार गरियो । बाँकि भिडियो तल हेर्नुहोस !

प्रचण्डकी बुहारी एवं मन्त्री बिना मगरले पाँच करोड कमिशन नपाएपछि बिग्रियो कुरा


मेलम्ची खानेपानी आयोजनाको काम गरीरहेको इटालियन ठेकेदार कम्पनी कोपराटिभा एण्ड सेमेन्टिस्टी सिएमसीडी रभिनाका (सीएमसी)ले यसअघिको ३० करोड भुक्तानी तिर्दा ५ करोड कमिशन दिएको खुलेको छ ।

मन्त्री मगरले ५ करोड कमिसन मागेपछि सीएमसी भागेको खुलासा भएको छ । मन्त्री मगर नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन । तत्कालीन आयोजना प्रमुख घनश्याम भट्टराई हुँदा सीएमसीको रकम भुक्तानीका क्रममा ५ करोड रूपियाँ कमिशन दिइएको थियो ।

भट्टराई नेपाल कम्युनिस्ट पार्टी निकट सहसचिव हुन् । मेलम्ची आयोजनापछि उनले काठमाडौं खानेपानी लिमिटेडको प्रमूख कार्यकारीको जिम्मेवारी सम्हालेका थिए ।

स्रोतका अनुसार ठेकेदार कम्पनीलाई जो आयोजना प्रमूख बने पनि कमिशनबिना विल पास नगर्ने प्रवित्तिका कारण सुरु भएको २६ बर्षसम्म पनि मेलम्ची काठमाडौं आउन नसकेको हो । अहिले, आयोजना प्रमूख सूर्य कँडेल र सचिव गजेन्द्र ठाकुरले पनि भुक्तानी दिनका लागि कमिशन रकम मागेपछि सीएमसीले एकतर्फी रूपमा काम छाडेको पत्र पठाएको थियो ।

आयोजनासँग भएको सम्झौताको बुँदा नम्बर १६.२ अनुसार सीएमसीले एकतर्फी रूपमा काम छाडेको पत्र आयोजना, मन्त्रालयमा पठाएपछि प्रशासनको गलत प्रयोग गरी उसका प्रतिनिधिको राहदानी जफतसहित पक्राउ गरिएको थियो । तर, भोलीपल्ट फिर्ता लिएर मन्त्रालयमा छलफलमा डाकिएको थियो । उसका प्रतिनिधि अहिले इटाली फर्किसकेका छन् ।

सीएमसीले भएको सहमतिअनुसार खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयले इमान्दारीता नदेखाए काम नगर्ने भएको छ ।

ट्रिपर आतंक : श्रीमानको मृत्यु, श्रीमति घाइते

काठमाडौं । बालाजु बाइपासमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको ट्रिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको ट्रिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनकी श्रीमतिलाई थिचेर घाइते भएकोमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

घाइते विसङ्खेको श्रीमतिको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छोरी र श्रीमान्सँग आएकी अभिनेत्री जल शाह आमा प्रेमा शाहको पहिलो वार्षिकीमा भक्कानिइन्

काठमाडौँ– आमाको पहिलो वार्षिक पुण्य तिथिमा अभिनेत्री जल भाव विह्वल बनेकी छन् । बिहीबार राजधानीमा साहित्यकार प्रेमा शाह अर्थात् अभिनेत्री जल शाहकी आमाको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर आयोजित एक कार्यक्रममा जल भाव विह्वल बनेकी हुन् ।

कार्यक्रमलाई सम्झने क्रममा जल शाह भक्कानिएर धेरै लामो समय बोल्नै सकेकी थिइनन् । उनकी छोरी कलशले भने हजुरआमाको जीवनीमा आधारित एउटा पुस्तक लेख्ने इच्छा व्यक्त गरेकी छिन् ।

काठमाडौँको दरबारमार्ग स्थित होटेल अन्नपूर्णमा आयोजित कार्यक्रममा जल शाह आफ्नो श्रीमान् र छोरीसहित आएकी थिइन् । उक्त कार्यक्रममा उपस्थित अन्य थुप्रै व्यक्तिहरूले प्रेमाको सम्झना गरे ।


नेपाल आइडलको ग्रान्ड फिनाले आज, भिडियोमा हेर्नुस् यस्तो बन्यो स्टेज

काठमाडौँ। एपीवान टेलिभिजनबाट प्रसारित लोकप्रिय अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणको ग्रान्ड फिनाले आज शुक्रवार हुँदैछ। फिनाले ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ।

देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै नेपाल आइडलको ग्रान्ड फिनालेमा चार जना प्रस्तिस्पर्धी भिड्दै छन्। नेपाल आइडल- २ का टप ४ फाइनस्टि हुन् विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवि ओड। यी चार प्रतियोगीबाट आज देशले आफ्नो दोस्रो नेपाल आइडल पाउनेछ।

आज हुने फाइनलको लागि सम्पूर्ण तयारी पुरा भएको छ। हेर्नुस् भिडियो।

दुई सातादेखि भोजपुर-विराटनगर उडान अवरुद्ध

तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ।

मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो। अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए। निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो।

निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ। भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौं भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ।

टिकटकबाट भाइरल जुम्ल्याहा दिदीबहिनी मिडियामा, अन्तर्वार्तामा यस्तो रमाइलो

काठमाडौँ। सामाजिक सञ्जाल आजभोलि आफू भित्र लुकेका प्रतिभालाई अरुसामु देखाउने उचित प्लेटफर्म बनेको छन्। त्यसमध्ये अहिले चर्चामा रहेको एउटा सामाजिक सञ्जालको टिकटक। 

नेपाली चलचित्रका प्रायजसो कलाकारहरूले फुर्सदको समय यसमै बिताएको देखिन्छ। सेलिब्रेटी मात्र हैन अहिले सामान्य व्यक्तिहरू पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिभालाई देखाउँदै एक्कासि चर्चामा आउने गरेका छन्।

टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी हुन् प्रीश्मा खतिवडा र प्रिन्सी खतिवडा। हेर्नुस् उनीहरूसँग नयाँ नयाँ न्युज नेपालले गरेको कुराकानी। 
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger