बताइएको छ पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको
छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।। नवलपरासीको कावासोतीको लोकाहामा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कावासोती नगरपालीका ११, बुढौलीकुना बस्ने ४५ बर्षिय दिल बहादुर श्रेष्ठको काट्न काट्दा जाँदा बाघले आमक्रण गर्दा ज्यान गएको नवलपरासी प्रहरी कार्यालयले जनाएको छ । श्रेष्ठ दिउँसो ४ बजे घाँसकाट्न घर बाट निकिस्एको र घर नफर्किएपछि खोज्ने क्रममा लोकाहा प्रतिक्षालय नजिकै बाघको आक्रमण बाट छियाछिया भएको अवस्थामा शब भेटिएको छिमेकी हरी खनालले साझासबाललाई जानकारी दिए । मृतक श्रेष्ठ कृषक हुन् उनका २ छोरा र १ छोरी छन् । श्रेष्ठको शबलाई अहिले पोष्टमार्टमका लागी केउरेली अस्पताल लगिएको छ ।
Post a Comment