त्यस्तै बालुवाटारमै पार्टीको रवैयाले असन्तुष्ट नेताहरुले प्रम ओलीको पछिल्लो कदमबारे गोप्य रुपमा कुरा समेत गरेका छन्।
प्रम ओलीले क्रिश्चियन धर्म प्रचार गर्ने आइएनजीओलाई कार्यक्रम गर्न सहयोग गरेर विवादमा परेका बेला उनकै गृहजिल्ला झापामा भने ठूलो संख्यामा हिन्दूधर्मालम्बीहरु जम्मा भएर प्रदर्शन गरे पछि राजनीतिक यसको ब्यापक चर्चा भइरहेको छ।
हिन्दूराष्ट्रको माग गर्दै झापाको विर्तामोडमा हज्जारौँ सर्वसाधारणले शनिबार प्रदर्शन गरेका हुन् । उनीहरुले कम्युनिस्ट सरकार र प्रम ओली नै क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै विरोध गरेका थिए । उनीहरूले कम्युनिस्ट सत्ताविरुद्ध नारावाजी समेत गरेका थिए ।
नेपाललाई हिन्दू राष्ट्र बनाउनुको साटो क्रिश्चियन धर्म प्रचारमा केपी ओली र कम्युनिस्टहरू लागेको भन्दै सहभागीहरूले आक्रोश व्यक्ति गरेका थिए ।
कार्यक्रममा बालसन्त जगतगुरुले दीप प्रज्वलन गरेर हिन्दूराष्ट्रको अभियान शुरु गरेका थिए । उनले हिन्दू राष्ट्रका लागि एक हुन सबैमा अपील गरे ।
कार्यक्रममा सहभागी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर हिन्दूराष्ट्रको लागि अभियानको शुरुवात भएको बताए ।
Post a Comment