Latest Updates :

प्रदिप र बिशालका छिमेकी भन्छन निर्मलाको हत्या हुँदा दुईजना चौकीमा थिए (भिडियो)


SHARE THIS POST :
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवम् हत्यामा संलग्न भएको भन्दै प्रहरीले कञ्चनपुरस्थित भगतपुरका प्रदिप रावललाई नियन्त्रणमा लियो । मंगलबार काठमाडौंबाट प्रहरील प्रदिपलाई नियन्त्रणमा लिएको हो । प्रदिपले दिएको बयानकै आधारमा कञ्चनपुरबाट थप दुई युवाः विशाल र दिनेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो ।

संयुक्त बयानमा प्रदीप र विशालले अपराध स्वीकारेको भनियो । घटनामा संलग्न नभएको निष्कर्षसहित दिनेशलाई घर पठाइयो । थप पुष्टिका लागि प्रदिप र विशालको डिएनए परीक्षण भइरहेको छ । रिपोर्ट सार्वजनिक भएको छैन । यद्यपि, प्रहरीले अघोषित रुपमा उनीहरु नै अपराधी भएको दाबी गरेको छ । तर, निर्मलाको बलात्कार एवं हत्या भएको दिन अर्थात् साउन १० गते उनीहरु प्रहरी हिरासतमै भएको बताइएको छ । यसबारे बुझ्न हामी प्रदिप र विशलको घरमा पुगेका छौं ।

परिवारका अनुसार साउन १० गते १० बजेतिर नै प्रदिपलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । कुखुरा चोरेको अभियोगमा प्रहरीले प्रदिपललाई नियन्त्रणमा लिएा प्रदिपको परिवारले बताएको छ । प्रहरी अनुसन्धानअनुसार साउन १० गते ३ बजेतिर निर्मलाको हत्या भएको हो । पोष्टमार्टम रिपोर्टले पनि त्यहीं बताउँछ । यसबारे प्रदिपका परिवारले प्रहरीमाथि नै शंका गरिरहेका छन् ।

प्रदिपको जस्तै बिशाल चौधरीका आफन्तको कुरा पनि उस्तै छ । विशालका छिमेकीका अनुसार बिशाल पनि कुखुरा चोरीकै अभियोगमा प्रहरीको हिरासतमा थिए । छिमेकीका अनुसार विशाललाई प्रहरीले साउन १० गते १२ बजेतिर नियन्त्रणमा लिएको थियो । छिमेकीका अनुसार विशाल ‘हल्लामा आएजस्तो लागूऔषध दब्र्यसनीमा नफसेको भन्दै उनले निर्मलाको हत्या गर्ने कुरा कल्पना गर्न समेत नसक्ने बताउँछन् ।

तर प्रहरी भने प्रदिप र विशालका परिवार एवम् छिमेकीले भनेको कुरा सही नभएको दाबी गछ्र्र । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार प्रदिप र विशाललाई चोरी अभियोगबारे सामान्य सोधपुछ मात्र गरेर छाडिएको हो ।

परिवार र छिमेकीको कुरालाई आधार मान्ने हो भने प्रदिप र बिशालले निर्मलाको बलात्कार एमव् हत्या गरेका होइनन् । प्रहरी अनुसन्धान भन निर्मलाको हत्या उनीहरुले नै गरेको भन्ने निष्कर्ष नजिक पुगेको छ । यसले प्रहरीप्रति झन् शंका बढाएको छ । कतै प्रदिप र विशालले पनि दिलिपसिंह विष्टकै नियति भोग्नु्पर्ने त होइन ? भन्ने प्रश्न उठेको छ । यद्यपि, प्रहरी अनुसन्धान सही हुन पनि सक्छ ।

निर्मला हत्या प्रकरणमा गल्तीमाथि गल्ती गरेका कारण नेपाल प्रहरीप्रति जनविश्वास घट्दो छ । मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंह विष्टलाई जबरजस्त अपराधी करार गर्न खोजेपछि घटेको विश्वासका कारण प्रहरीले निर्मलाका छिमेकी युवाद्वयः प्रदिप रावल र विशाल चौधरीले अपराध स्वीकारेको दाबी गर्दा पनि नागकिले पत्याउन सकेका छैनन् । यद्यपि, प्रहरीले आधिकारिक रुपमा प्रदिप र विशाललाई अपराधी भनेर सार्वजनिक गरेको छैन । उनीहरुको डिएनए परीक्षण भइरहेको छ । तर, डिएनए परीक्षणको रिपोर्ट जे आए पनि नागरिक पत्याउनेवाला छै्रनन् ।

प्रहरीले निर्मला पन्तको हत्यामा सम्लग्न रहेको भन्दै मंगलबार काठमाडौंबाट कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई नियन्त्रणमा लिइएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै उपस्थितिमा लिइएको बयानमा रावलले अभियोग स्वीकारेको र थप अनुसन्धानका लागि डीएनए परीक्षणको क्रममा रहेको बताइएको छ । ‘सत्यम् सेवा सुरक्षणम् भन्ने मूल मन्त्र लिएर सदैव जनताको सुरक्षामा खटिने नेपाल प्रहरीको जनविश्वास अहिले संकटमा पर्दै गएको छ । यसरी नागरिक विश्वास घट्नु प्रहरी संगठनसँगै देशकै लागि दुखद सत्य हो । यसले प्रहरी प्रहरी संगठनलाई कमजोर पार्न सक्छ ।

गल्तीमाथि गल्ती गरेकै कारण प्रहरीले जनविश्वास गुमाउँदो छ । ‘निर्मला पन्त हत्या प्रकरण’मा सरकार एवम् प्रहरी प्रशासनले गरेका खासखास गल्ती यस्तो छ, जसले प्रहरीमाथि विश्वास घटायो !

१. सुरुमै प्रहरीले घटनालाई नजर अन्दाज गर्नु
२. उजुरी लिन आनाकानी गर्नु
३. प्रहरीले नै प्रमाण नष्ट गर्नु
४. प्रहरीले मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई अभियुक्त भनेर सार्वजनिक गर्नु
५. प्रहरी प्रमुखले आफ्नै संगठनप्रति विश्वास नलाग्नु
६. सस्तो लोकप्रियताका लागि प्रहरी अधिकारी बर्खास्थ गर्नु
७. गृहमन्त्री घटनाप्रति संवेदनशील नहुनु
८. प्रधानमन्त्रीले घटनालाई राजनीतिक हिसाबमा सोच्नु
९. अनुभवहीन निजामती कर्मचारीलाई छानबिनको जिम्मा दिनु
१०. न्यायका लागि भएको आन्दोलनमा प्रहरी दमन हुनु

यसरी सरकार एवम् प्रहरी प्रशासनले गल्तीमाथि गल्ती गरिरहेको छ । प्रहरी वास्तविक दोषि नै पत्ता लगाए पनि नागरिक प्रहरीलाई विश्वास गर्न नसक्नु दुखद कुरा हो । निर्मला हत्या प्रकरणबाट सिक्दै प्रहरीले जनविश्वास जित्न सकोस् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger