Latest Updates :

गुल्मीमा भेटियो बेबारिसे लास….


SHARE THIS POST :
गुल्मीमा बेवारिने शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका ६ भुवाचिदीमा अन्दाजी ४० वर्षको मान्छेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्का जानकारी दिए । शवको पहिचान नखुलेको र पोष्माटमको लागि जिल्ला अस्पताल ल्याइएको खड्काले जानकारी दिए । । शवको प्रकृति हेर्दा तराई मुलको नागरिक हुनसक्ने प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस् : ट्यांकरसँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु – पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । विहान सवा नौ बजे तिर सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ र २६ बर्षका विनोद बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । गुरुङको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट बढी घर्षण भएका कारण मोटरसाइकल जलेको छ । ठक्कर दिने ट्यांकरका चालक फरार रहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger