उनीहरुलाई पुस १ गते राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा सिद्धार्थनगर–१ बस्ने २१ वर्षका अब्दुल पठान, रोहिणी गाउँपालिका–१ बस्ने २० बर्षका सम्मुदिन जोलाहा र भारत महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ वर्षका ‘मुन्ना’ भनिने मोहम्मदन हसन रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।त्यस्तै, प्रहरीले लागूऔषधसहित देवदह नगरपालिका–७ निवासी ३० वर्षका सुनिल गुरुङ र २७ वर्षका केशव सिंहलाई पनि पक्राउ गरेको छ।
लु४प ७७७३ नम्बरको मोटरसाइकल खान तलासी गर्दा ४ सय ४० मिलिग्राम ब्राउन सुगर भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।उता, देवदहमा जबर्जस्ती करणी उद्योगमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। देवदह–५ मा पुस १ गते बाटोमा हिँडिरहेकी महिलालाई यौन दुव्र्यवहार गर्दै जबरजस्ती करणी गर्न खोज्ने देवदह–५ का ५३ वर्षका रामबहादुर बिक पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए।त्यसैगरी बुटवल–६ मा महिलामाथि जबर्जस्ती गर्न खोज्ने २५ वर्षका कमलसिंह सिन्जालीमगर पनि पक्राउ परेका छन्।
Post a Comment