Latest Updates :

मलेसियामा एक नेपाली मृत अवस्थामा फेला


SHARE THIS POST :
मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ ।


‘उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले सुरक्षा गार्डको पोशाक लगाएका थिए,’ प्रहरीको भनाईलाई उद्धृत गर्दै मलेसियाको अनलाइन ‘द स्टार’ले लेखेको छ ।

मृतक नेपाली भएको प्रहरीले बताए पनि उनको परिचय भने समाचारमा उल्लेख गरिएको छैन । कसैले हत्या गरेको हो वा उनको अरु नै कारणले मृत्यु भएको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger