अहिलेसम्म थाहा भएका जानकारीः
– कम्तीमा दुई सय २२ को मृत्यु, संख्या बढ्ने आशंका
– ८ सय बढी घाइते, सयौं भवन ध्वस्त
– सुन्डा खाडीको दुबै तर्फ जावा र सुमात्राको तटीय इलाकामा अचानक सुनामी आयो
– ज्वालामुखी फुटेका कारण सुनामी आएको हुनसक्ने आशंका
– सुनामी पुनः आउन सक्ने, मानिसहरुलाई तटीय इलाकाबाट टाढै बस्न चेतावनी
– शनिबार राती स्थानीय समयानुसार ९ः३० मा आएको सुनामी
– छुट्टीको दिन आएको सुनामीको छाल थुप्रै चर्चित पर्यटक स्थलसँग ठोक्कियो ।
सरकारका अनुसार सुनामीपछि कम्तीमा आठ सय ४३ जना घाइते भएका छन् भने थुप्रै हराइरहेका छन् ।
सुन्डा स्ट्रेट (खाडी) वरिपरि जावा र सुमात्राको प्रभावित इलाकामा अहिलेसम्म पनि आपतकालीन सेवा पुर्याउने कोसिस भइरहेको छ ।
Post a Comment