Latest Updates :

स्कारपियो र बस ठोक्किदा दुलहाको बुवा-आमासहित ६को मृत्यु,दुई घाइते


SHARE THIS POST :
दाङस्थित लमही नगरपालिका वडा नम्बर-९ रिहार नजिकै स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

चितवन गितानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।

स्कारपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु भएको छ। घाइते दुइ जनाको कोहलपुरमा उपचार भइरहेको छ। मृत्यु हुनेमा दुलाहाका बुवा आमा र आाफन्त छन्।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ बर्षीय मानबहादुर केसी, ४५ बर्षीय आमा विमला खत्री, ४९ बर्षीय बिश्वनाथ अधिकारी, ५ बर्षिय प्रविण केसी, ३१ बर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ बर्षिय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

दुर्घटनामा ४५ बर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन्। दुलही लिएर अर्को स्कार्पियोमा दुलहा थिए। बुवा-आमा र आफन्न चढेको स्कार्पियाो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।-दशरथ घिमिरे/देशसन्चारबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger