Latest Updates :

नेपाल आईडलकी निलिमालाई पोखरामा भब्य स्वागत, आइडलबाट आउट हुनुको मुख्य कारण पत्ता लाग्यो (भिडियो)


SHARE THIS POST :
नेपाल आईडलको सिजन २ मा उत्कृष्ट ७ मा पुगेर बाहिरीएकी पोखरेली चेली निलिमा थापामगरलाई पोखरामा भब्य स्वागत गरिएको छ । पोखरा बिमानस्थलको बिशिष्ठ कक्षमा निलिमा थापामगर सहयोग समितिका संयोजक बिनित जोजिजूले स्वागत गर्नु भएको हो ।
नेपाल आइृडलसम्म पुग्नु भनेको ठूलो उपलब्धी हो भन्दै यहाँ सम्म आइृपुग्न सहयोग गर्ने सबैलाई निलिमाले धन्यवाद ज्ञापन गरिन् । सामाजिक संजालमा निर्णायकको कारण बाहिरिएको भन्ने कुराहरु गलत भएको भन्दै निलिमाले आफ्नै स्वास्थ्यका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेका कारण आफू बाहिरीएको स्पष्ट पारिन् ।
संगीतमै केही गर्छु र बन्छु भनेर नेपाल आइृडल गएको र धेरै कुरा सिकेका कारण अब संगीतमै रमाउने प्रतिबद्धता समेत व्यक्त गरिन् । आउँदा दिनमा आफ्नो गीती एल्बम बजारमा आउने र त्यसमा पनि सबै फ्यान, दर्शकहरुको यत्तिकै माया पाउनेमा आफू बिश्वस्त रहेको समेत बतार्इृन् ।
केही समय अघि निलिमा मौसम थापामगरसंग इन्गेजमेन्ट गरेकी थिईन् । पोखरा बिमानस्थलमा लिन पुगेका मौसमले निलिमाको स्वभाव बच्चाको जस्तो भएको बताए । हेरौं निलिमाको बारेमा थप जानकारी

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger