Latest Updates :

प्रिया प्रकाशपछि फेरि अर्की तेलुगु हिरोइनको उस्तै किसिमको भिडियो भाइरल (भिडियोसहित)


SHARE THIS POST :
 प्रिया प्रकाश वारियर २०१८ की सबैभन्दा चर्चित सामाजिक संजाल सेलिब्रेटी बनेकी छिन् । २०१८ को सुरुमै चर्चामा आएकी प्रिया यो वर्षगुगलमा सबैभन्दा धेरै खोजी गरिएकी सेलिब्रेटी बनेकी थिइन् । २०१८ साल सकिनै लाग्दा फेरि उस्तै घटना भएको छ । तेलुगु फिल्मकी हिरोइन दक्षा नागरकरको एउटा भिडियो अहिले त्यस्तैगरी भाइरल भइरहेको छ ।

दक्षाको आगामी फिल्मको भिडियो भाइरल भइरहेको हो । यो भिडियो पनि फिल्मको गीतकै एक दृश्य हो । यो दृश्यमा युवक फरक तरिकाले युवतीलाई प्रपोज गरिरहेका छन् । फेसबुक, इन्स्टाग्राम, ह्याट्सएपमा यो भिडियो निकै शेयर भइरहेको छ ।

र यो पनि पढ्नुहोस : सन्नीलाई पन्छाउँदै प्रिया बनिन् गुगलमा सर्वाधिक खोजी गरिएकी सेलिब्रेटी
यही वर्षको फेब्रुअरीमा प्रिया प्रकाशको आँखा झिम्क्याएको भिडियो भाइरल भएको थियो । अहिले भाइरल भएको भिडियो दक्षाको आगामी तेलुगु फिल्म हुशहारुको हो । यो फिल्ममा पनि दक्षाको स्कुले जीवन देखाइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger