Latest Updates :

शिक्षकलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोप


SHARE THIS POST :
 विराटनगरमा एक शिक्षकलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् । सप्तरी राजविराज घर भएका २५ बर्षिय ज्ञानेन्द्र शरणलाई मोरङ प्रहरीले ईन्स्टिच्युटबाट नै पक्राउ गरेको हो । गत शनिबार ईन्स्टिच्युटले झापाको जामुनखाडीमा पिकनिक गएको बेला विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको पीडितले आरोप लगाएका हुन् ।

मोरङको जहदा गाँउपालिका घर भएकी किशोरीमाथि यौन दुर्ब्यवहारमा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । एडुमार्कमा पनि सामाजिक विषय नै पढाउदै आएका शिक्षकले ती छात्रालाई तिमी सामाजिक विषय कमजोर छौ मेरो घरमा आउ भन्दै साहले छात्रालाई बोलाएको आरोप छ । पीडित छात्राले आईतबार राती नै आफ्ना साथीहरुलाई आफू माथि भएको दुर्ब्यवहार बारे जानकारी गराएकी थिईन् । उनका साथीहरुले सोमबार बिहान शिक्षकलाई ईन्ष्टिच्युटमा नै कुटपिट गर्न थालेपछि असामान्य भएको थियो । मोरङ प्रहरीले तत्काल शरणलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलयमा लगेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले पक्राउ परेको शिक्षकमाथि आवश्यक छानविन भइरहेको बताए । ‘पीडत पक्षसँग बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘पीडितले अहिलेसम्म उजुरी भने दिएका छैनन् ।’ पीडित पक्षबाट उजुरी दिए पछि मुद्धा चलाईने डिएसपी श्रेष्ठले बताए । उता विद्यार्थीमाथि यौन दुर्ब्यवहार गर्ने शिक्षकलाई ईन्ष्टिच्युटबाट सोमबारदेखी नै कामबाट हटाइएको एडुमार्कका संचालक दिपेन्द्र मेहताले जानकारी दिए । पक्राउ परेका शिक्षक ज्ञानेन्द्र शरणले आफुलाई जवरजस्ती फसाईएको बताएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger