अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित समारोहमा मदिरा सेवन गरेर जथाभावी होहल्ला गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रबाट ४ महिलासहित ६० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले जानकारी दिएका छन ।
Post a Comment