Latest Updates :

परीक्षा दिन पोखरा हिडेका राजेशको सपना आधा बाटोमै टुङ्गियो यसरी बेनि किनारा मा बिलाए …पूरा हेरि शेयर गरौ


SHARE THIS POST :
काठमाडौं। बुधबार साँझ क्याम्पसचोकमा आइएलटिएस परिक्षाको तयारीका लागी केही पुस्तक हातमा लिएर हिडेका रघुगंगा गाउँपालिका–६ पाखापानीका २१ बर्षिया राजेश पुनले माउण्ट एभरेष्ट आवासीय माविका राजु केसीलाई आफ्नो समेत परिक्षाको तयारीामा रहेको सुनाएका थिए । उच्च शिक्षापछिको योजनाका बारेमा पुनसंग केसीले पनि धेरै कुराकानी गरे ।उच्च शिक्षा अध्ययनका लागी आइएलटिएसको तयारीमा रहेका पुनले माउण्टमै कक्षा ६ देखी १२ सम्मको पढाई सकेका थिए।

‘उनीले विहानै काठमाण्डौ जाने योजना सुनाएका थिए,‘भोलिपल्ट नै अप्रिय घटना सुनियो’ केसीले भने । उनले घरको आर्थिकस्थीति उकास्न विदेशमा जाने विकल्पलाई पुनले पहिलो प्राथमिकतामा राखेका थिए । सिधै काठमाण्डौको बसमा जाने योजना बनाएपनि साथी एक्लै भएकाले संगै जाने प्रस्ताव गरेको समेत केसीलाई बताएका थिए ।

विहान बेनीबाट पोखरासम्म गएर त्यहाँ साथीको मोटरसाईकलमा काठमाण्डौ जाने योजना सहित बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्बरको बसमा चढेका पुनको मालढुंगामा दुर्घटनामा ज्यान गएको छ ।पुनले बसमा प्रवेशगर्दा वित्तिकै आफ्नी दिदीलाई फेसबुकमा समेत काठमाण्डौ जान लागेको जानकारी गराएको परिवारलाई उद्धित गदैं केसीले बताए । बाल्यकालमा पाखापानीको अमर माविबाट आधारभुत तहमै अध्ययन गर्न बेनीमा आएका पुन मंगला गाउँपालिका ५ अर्मनका मृगौला पीडित शुरेश बचाउ अभियानमा समेत सक्रिय थिए ।

आफ्नै सहकर्मीको उपचारमा उनले आर्थिक जुटाउन खेलेका भूमिकालाई समेत विद्यालयले सम्झिएको छ । त्यस्तै खेलकुद प्रतियोगितामा समेत सक्रिय पुनले दुईपटक माउण्टबाट जेसीज कपमा सहभागिता जनाएका छन् । उता साविकको पाखापानी गाविस वडा नं २ का बासिन्दा पुनको मृत्युको खवरले गाउँमै स्तब्ध भएको छ । वडा अध्यक्ष मनकुमार पाईजाका अनुसार दुर्घटनामा परेको जानकारी पाएपछि खोजीकार्य गर्दा पुनको मृत्युको खवर सुनेपछि दुख लागेको बताए ।

उनले गाउँमा हुने सामाजिक गतिविधिमा समेत पुनल आफ्नो क्षमताले भ्याएसम्म सघाउने गरेको स्थानीयको भनाई रहेको बताए । बिहिबार दुर्घटनामा परेका पुनको दिउँसो मात्रै नागरिकताबाट परिचय खुलेको थियो । उनको शुत्रबार अन्तेष्टी गरिने छ । दुर्घटनामा पुन सहित ७ जनाको घटनास्थल र उपचारको क्रममा मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए । राजमार्ग भइरहेको सडक मर्मतका कारण तिब्र गतीमा गड्ने गरेका सवारीसाधनका कारण यात्रा असुरक्षित बन्दे गइरहेको छ ।
कमेन्ट गर्नुहोस्
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger