Latest Updates :

भरतपुरमा एकै परिवारमा घटेको यो निकै दुखद घटना, एकै परिवारका ३ जनाले गरे यसरी आत्महत्या, सबै परे चकित


SHARE THIS POST :
भरतपुरमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन्।

जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता आले र १३ वर्षका छोरा विवेश आलेले पासो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले अन्नपूर्ण पोष्टलाई बताए।

उनीहरुले राति करिब १ बजेको समयमा आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरिसकेको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मिलन चोकमा चिया पसल गर्ने मायाले पसल नखोलेपछि दुध विक्रि गर्नेले सोधखोज गरेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । मृतक मायाका श्रीमान नरबहादुर आले मगर नेपाली सेनामा कार्यरत छन्। उनीहरु करिब आठ वर्षअघि तनँहुको घुमाउनेबाट बसाई सरी चितवन आएका थिए।






SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger