Latest Updates :

आखिर ! किन आफ्नै प्राध्यापकलाई विद्यार्थीहरुले लगाईदिए कालो मोसो र जुत्ताको माला ? यसो भन्छन


SHARE THIS POST :
रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापकमाथि विद्यार्थीहरुले कालोमोसो र जुत्ताको माला लगाईदिएको छन। विद्यार्थीहरुले ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको भन्दै गतसाता ओझालाई दुर्व्यहार गरेका हुन्।ओझाले बिरोध गर्ने विद्यार्थीको प्राक्टिकल अङ्क नै कम दिने गरेको विद्यार्थीहरुको आरोप छ । यता प्राध्यापक भने ६ जना विद्यार्थीले गलत आरोप लगाएर अभद्र व्यवहार भएको अभिव्यक्ति दिएका छन्।

उनी भन्छन, ‘६ जना विद्यार्थीले विज्ञप्ति दिन आएको भन्दै कालो मोसो दलेर जुत्ताको माला लाएर फोटो खिच्नेजस्तो म माथि अभद्र व्यवहार भयो।’ पछि उनलाई कालो मोसो लगाउने विद्यार्थीले क्षेमा पनि माग्न आएता पनि गल्तिको क्षेमा योग्य नभएको उनी बताउँछन्।

दिनदहाडै यस्तो व्यवहार हुनुमा प्रसाशनको पनि कमीकमजोरी रहेको उनको भनाई छ। यद्दपी उनलाई अहिलेसम्म ती विद्यार्थीका अभिभावकले समेत खबर एकपटक नगरेको उनको गुनासो छ। ती विद्यार्थीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउँदै उनले भने, ‘आजसम्म यस्तो घट्ना घटेको पहिलोपटक हो। यस्ता घट्ना नदोरियोस भन्नको लागि पनि विद्यार्थीलाई कारवाही हुनै पर्छ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger