Latest Updates :

निर्मला हत्या प्रकरणमा रोशनीले दिएको बयान बाहिरियो ! दिइन् अजिव किसिमको बयान !


SHARE THIS POST :
काठमाडौँ, कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्याले पुरै देशको यस घटना प्रति ध्यानाकर्षण भएको छ। मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई हत्यारा भएको भन्दै सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले मुख्य दोषीको खोजी गर्न माग गर्दै प्रदर्शन पनि गरेकै हुन्।

वास्तविक हत्यारालाई लुकाउन भूमिका खेलेको भन्दै अनुसन्धानमा संलग्न रहेका प्रहरी अधिकारीहरु कारवाहीमा समेत परे। अहिले अनुसन्धानको लागि रोशनी बम र बबिता बमलाई हिरासतमा राखिएको छ भने बिहिबार मात्रै अझ ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कञ्चनपुरले म्याद थपिसकेको छ।

अहिले अनुसन्धानको क्रममा रहेकी रोशनी बमसँग लिइएको बयानको प्रारम्भीक सूचना बाहिर आएको छ । उनि हत्या भएकी निर्मला पन्तको साथी पनि रहेकी छिन्। अनुसन्धानको क्रममा उनले बलात्कार र हत्या आरोप अस्वीकार गरेकी छन् ।

उनलाई अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा बयान लिने क्रममा उनले आरोप अस्वीकार गरेको बुझिएको छ। बयान लिँदै गर्दा सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ताको उपस्थिति पनि रहेको थियो। उनले आफू र आफ्नो दिदी माथि लगाइएको आरोप गलत भएको समेत बताएकी छिन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger