Latest Updates :

१९ वर्षीय युवा ‘माता’ बनेपछि उपचार गर्नेको भिड (भिडियोसहित)


SHARE THIS POST :
लक्ष्मी काफ्ले
झापा । एक युवा ‘पाथीभरा माता’ चढेको भन्दै चर्चामा छन् । उनको चर्चासँगै भक्तजनको घुइँचो बढ्दा ‘माता चढेको’ युवाबाट ‘रोग निको हुने’ बहानामा दर्शन गर्नेको भिड छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय जनम भट्टराईलाई पहिलोपटक देख्ने जो कोही अचम्ममा पर्छन् । शिरदेखि पाउसम्म महिलाका बस्त्र । गलामा विभिन्न माला र पोते । कानमा लामा झुम्का । हातमा मेहेन्दी र चुरा । लामा नङमा नङपालिस पनि । ढाड छपक्कै छोप्ने कपाल । झट्ट हेर्दा महिलाको रुप । तर, उनी पुरुष हुन् । पाथीभरा माताको रुप धारण गरेर घरमै मन्दिर बनाएर बसेका छन् । विभिन्न स्थानबाट सयौँ भक्तजन उनको दर्शनमा लाम लाग्ने गरेको स्थानीय फूलकुमारी श्रेष्ठ बताउनु हुन्छ ।
उनीप्रति भक्तजनको ठूलो विश्वास छ । माताको रुप धारण गरेपछि घरछेउको मन्दिरमा बसेर उनले विभिन्न रोगका बिरामी निको पारेको भक्तजन बताउँछन् । १२ वर्षदेखि नै भट्टराई यसरी बसेका हुन् । जनमलाई नामबाट कसैले पनि बोलाउँदैनन् । सबैले ‘पाथीभरा आमा’ भन्छन् । जन्म दिने आमा अस्मिता भट्टराई पनि जेठो छोरा जनमलाई ‘आमा’ भन्छिन् । ‘तपाईं’ भनेर बोलाउँछिन् । भक्तजनको ठूलो विश्वास छ जनमप्रति भन्नुहुनछ स्थानीय कल्पना सापकोटा ।



बिहान सबेरैदेखि राति अबेरसम्म उनीकहाँ भक्तजनको जमघट हुन्छ । आफन्तका अनुसार, १३ महिनाको हुँदा जनम काम्न थालेका थिए । जनमका हजरबुबा कुलका धामी हुन् । उनले हजुरबुबाकै सामू आफू ‘पाथीभरा माता’ भएको बताएपछि परिवारका सबै अचम्ममा परेको सुनाउनु हुन्छ जनम भट्टराई अर्थात् ‘पाथीभरा माता ।’

पाथीभरा देवीको मन्दिर पुगेर आफूले सृष्टि मागेको जनम सुनाउँछन् । नारी पहिरनमा रहेका उनी ‘पाथीभरा माता’ले दिएकाले नारी श्रृंगार लगाएको बताउँछन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger