Latest Updates :

‘सरि नेपाल’ बोल्दा बोल्दै रसाए श्रृङ्खलाका आँखा, चीनबाट पठाइन् पाँच मिनेट लामो भिडियो


SHARE THIS POST :

 मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडा दोस्रो चरणमा भने पराजित हुनुपर्यो। श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर परिन्। सिंगापुरे सुन्दरीले तीनजना जजको समर्थन पाएर श्रृङ्खलालाई पछि पारिन्।

बाहिरिएपछि श्रृङ्खलाले एक भिडियो सन्देश आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्। भिडियोमा श्रृङ्खलाले भावुक अभिव्यक्ति दिँदा उनका आखा रसाएका छन्।

आफूलाई पछि पारेकी मिस सिंगापुर आफ्नो एकदमै मिल्ने साथी भएकोले उसकाबारेमा नकारात्मक कमेन्ट नगरिदिन पनि श्रृङ्खलाले अनुरोध गरेकी छन्।

बारम्बार ‘सरी नेपाल’ भन्दै श्रृङ्खलाले आफू छानिन नसकेकोमा माफी मागेकी छन्। तर टप ३० मा पर्नका लागि अझै पनि संभावना रहेको भन्दै उनले निराश भै नहाल्न अनुरोध पनि गरेकी छन्। अन्य विभिन्न बिधाबाट भोटिङको आधारमा टप ३० मा पर्ने उनको संभावना जिवित नै छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger