धादिङ : धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका- ६ दशकिल्लामा बस र मोटरसाइकल ठक्कर खाँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक घाइते भएका छन्। धादिङबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।मृत्यु हुनेमा गजुरी गाउँपालिका चिसापानिका ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेका छन्। यसैगरी घाइते हुनेमा सोही मोटरसाइकल पछाडी रहेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।घाइते भण्डारीको धार्के अस्पतालमा उपचारको लागि पठाइएको छ भने मोटरसाइकल, बस र बस चालक प्रहरी नियन्त्रणमा छन्। मृतकका आफन्तहरुले करिब ४५ मिनेट राजमार्ग बन्द गराएका थिए।
बेपत्ता भएका बखतब को शव जङ्गलमा भेटियो
सुनसरीको धरान उपमहानगरपालिकास्थित चारकोसे जङ्गलमा एक पुरुषको शव फेला परेको छ। आइतबार प्रहरीले धरान-१७ स्थित उदय सामुदायीक वन क्षेत्रमा ५० वर्षीय बखतबहादुर रामदामको शव फेला परेको हो। बखतबहादुर धरान- ५ देवी गाउँ निवासी हुन्। उनी गत भदौ १६ गते देखि घरबाट सम्पर्क बिहीन भएका थिए। जगलमा उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। मृत्युको कारण भने नखुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए।डीएसपी सुमनले बखतबहादुरको हत्या वा आत्महत्याबारे अनुसन्धान भैरहेको बताए।शव पोस्टमार्टमका लागि वीपी प्रतिष्ठानमा ल्याएको छ।शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ । बखतबहादुर हराएपछि परिवारले खोजी गरिदिन यस अगाडि नै इलाका प्रहरी कार्यालय धरानमा निबेदन दिएको थियो। बखतबहादुरका भाइ भुपाल विश्वकर्माले दाजुको मृत्युको विषयमा सत्य तथ्य छानविका लागि माग गरेका छन्।

Post a Comment