Latest Updates :

गायिका अन्जु पन्त साजिक सेवामा


SHARE THIS POST :
चर्चित गायिका अन्जु पन्त हालै सामाजिक कार्यमा सक्रिय बनेकी छिन्। आफ्नो संस्था अन्जु पन्त फाउन्डेसन मार्फत उनि सामाजिक कार्यमा सक्रिय बनेकी हुन्।

विगत डेढ बर्ष अघिबाट सञ्चालनमा आएको अञ्जुपन्त फाउन्डेसनले यतिबेला विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा गएर गरिव, अक्षम तथा असहायहरुलाई सहयोग गरिरहेको छ।

जस अन्तर्गत फाउन्डेसनले आइतवार वीरगन्ज करागार समता स्कुलका १ सय वालवालिकारलाई अध्ययनमा सहजहोस् भन्ने उदेश्यले झोला, कापी, पेन्सील, इरेजर, चक्लेटलगायतका सामाग्री वितरण गरेको छ।

यससँगै फाउन्डेसनले सोमवार पर्सा जिल्लाको महुवन रामनगरीया अपांग आश्रमका २० अपांगहरुलाई न्योनो कपडा (सिरक, व्ल्याङ्केट) लगायतका सामाग्री वितरण गरेको छ। जाडो बढे संगै तराईमा अत्याधिक चिसो हुनुका साथै सितलहरले ज्यानै जान सक्नेहुनाले फाउन्डेसनले सके जति असहायहरुलाई न्यानो कपडा वितरण गरेको फाउन्डेसन सञ्चालक तथा गायिका अन्जु पन्तले जानकारी दिइन्।

फाउन्डेसनले यसै साता सर्लाही, मकवानपूर, ललितपूर, दोटी लगायतका स्थानमा पनि बृद्ध, वालवालिका तथा असक्षमहरुलाई न्यानो कपडा र विभिन्न सामाग्रीहरु सहयोग गर्ने कार्यक्रम रहेको छ। बिशेष गरि अन्जु पन्तको आफ्नै लगानी र पहलमा स्थापना भएको फाउन्डेसनले यसअघि पनि थुपै सामाजिक कार्यहरु गरि सकेको छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger