पिता गोरख शम्शेर स्टान्डर्ड चार्टर्ड बैँकको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैँकिङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन् । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको भाइकी छोरीसँग बिहे गरेका थिए । सौतिनी आमाका तर्फबाट गीर्वाणी र सुरङगनाकी एक बहिनी पनि छिन् ।
गीर्वाणी र सुरङ्गनालाई पिता गोरखले भारतको सिमलामा अध्ययनका लागि पठाएका थिए । उनीहरू कहिलेकाहीँ भने विदा मनाउन काठमाडौँ आउने गर्छन् । ‘उच्च शिक्षाका लागि बाहिर नै रहेका छन् । त्यसकारण पनि सार्वजनिक कार्यक्रममा सम्पर्कमा देखिने गरेका छैनन् ।’, पारिवारिक स्रोतले भन्यो ।
उति सारो सार्वजनिक कार्यक्रममा नदेखिने उनीहरू मिडिया र सामाजिक सञ्जाल भन्दा अलिक टाढा नै छन् । विस्तारै आफ्नो जीवनको उचाइका लागि उनीहरूले अध्ययनलाई ध्यान दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दरबारिया परिवारभित्रका भए पनि सरल देखिन्छन् ।
आम साधारण सरह तस्बिर खिच्ने, परिआएको रीतलाई पनि पुरा गर्ने संस्कार श्रुतिका छोरीहरूमा भेटिन्छ । त्यसैले जोर्डनकी रानी नूरले भने जस्तै राजपरिवारका यी किशोरी अवशेषहरू पनि राजपरिवारको सदस्य भएर शक्तिको वरिपरि भन्दा पनि शान्तिपूर्ण समूहमा बस्न रूचाएका छन् । यीनलाई रानीका सन्तान भन्ने कत्ति पनि लागेको छैन । त्यसैले मिडिया भन्दा पनि टाढै छन् ।
Post a Comment