Latest Updates :

भर्खरै विबाह गरेको जोडीले गरे आत्महत्या


SHARE THIS POST :
पत्निले विष सेवन गरेर ज्यान गुमाएपछि एक पतिले पनि आत्महत्या गरेका छन् । घटना हो भारतको । भारतको सिहोरीका २६ वर्षीय सुरेन्द्र दांगी सर्राफाकी पतिन नीता दांगीले विष सेवन गरेर आत्महत्या गरेको २ दिनपछि उनले पनि आत्महत्या गरेका हुन् । पत्नीको निधनको समाचार सुन्ने वित्तिकै पतिले अस्पतालभन्दा १०० मिटर टाढा हाइवे पुगेर विष सेवन गरे। उनले आफ्ना मामालाई वाट्सएपमा म्यासेज गर्दै लेखे–दुखिन नहुनु म हाइवेमा छु भन्ै आत्महत्या गर्न पुगेका थिए ।उनले हाइवेमा भएको खबर दिए लगत्तै परिवार उक्त ठाउँमा पुग्दा उनी गम्भिर अवस्थामा फेला परेका थिए । सुरेन्द्रले नीतासँग दश महिना पहिला लभ म्यारीज गरेका थिए। उनीहरु नजिकै गाउँका थिए। नीता डायल –१०० मा काम गर्थिन्। दुई दिन पहिला अफिस जादाँ तीनले विष सेवन गरेको प्रहरीले जनाएको छ । यो जोडीबिच केही दिन अघि सामान्य विषयमा झगडा भएपछि उनीहरुबिच मनमुटाव भएको भएपनि विष नै सेवन गरेर ज्यान गुमाउनुको कारण भने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन

भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमकमा मंगलबार दिउँसो बाबु–छोराको मृत्यु भएको छ।प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार मृत्यु हुनेमा मोरङ, पथरी–शनिश्चरे नगरपालिका वडा नम्बर ९ घर भएका ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र गिरी रहेका छन्।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको को३३प ७९४५ नम्बरको मोटरसाइकललाई दमकको पश्चिम बस स्टेण्ड चौंक सडकखण्डमा दिउँसो साढे १ बजे ठक्कर दिएको थियो।ठक्करबाट मोटरसाइकलमा सवार दुबैै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।ठक्करबाट सख्त घाइते दुबैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ

।दमक / स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा आज दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरा दह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभयो ।मृतकको चार घण्टापछि वतन खुलेको प्रहरीले जनाएको छ । मृतकलाई बाटो काट्ने क्रममा ठक्कर दिएको र उहाँको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिनुभयो । प्रहरीले ठक्कर दिने बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा रहेको जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger