Latest Updates :

तीन नेपालीद्वारा भारतीय बालकको अपहरण, अपहरणकारी पक्राउ, बालकको सकुशल उद्दार


SHARE THIS POST :
 भारत बिहारको सुपौल जिल्लाका अपहरित एक ७ सात वर्षीय बालकलाई नेपाल प्रहरीले सकुशल उद्दार गरेको छ। इलाका प्रहरी कार्यालय दमक र गौरीगञ्जको टोलीले उक्त बालकलाई अपहरणमुक्त गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहार सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलमलाई मंगलबार अपहरणमुक्त गरिएको प्रहरीले जानकारी दिएको छ। मावली घरमा खेलिरहेका बालकलाई २ जनाले मोटरसाइकलमा राखेर नेपाल ल्याएको प्रहरीको भनाइ छ।

उक्त बालकलाई छोडिदिएवापत १५ लाख भारतीय रुपैयाँ अपहरणकारीले माग गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीम ढकालले जानकारी दिए। ढकालका अनुसार उक्त बालकको अपहरण भएको सूचना प्रहरीले सोमबार साँझ पाएको थियो।
उक्त सूचना प्राप्‍त भए पश्‍चात दमक वा गौरीगञ्‍जमा लुकाई राखेको हुन सक्ने भएकोले ती स्थानमा प्रहरी परिचालन गरिएको थियो। रातभर दमक गौरीगञ्‍ज क्षेत्रका नाकाहरुमा चेकजाँच गरेको साथै होटल लजहरुमा ब्यापक निग्रानी र तलासी गरिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान ४ जिल्ला झापा गौरीगञ्‍ज गाउँपालिका वडा नं. ६ खजुरगाछी बस्ने वर्ष ४७ को बद्री यादवलाई गौरीगञ्‍ज चोकबाटबाट र सोही स्थानका वर्ष ३१ को श्री प्रसाद मुखियालाई गौरीगञ्‍ज गाउँपालिका वडा नम्बर ४ कदमगाछीस्थित उनीहरुकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान गर्दा उनीहरुले बालकलाई दमक नगरपालिका वडा नम्बर ५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नं. १०७ मा बन्धक बनाएर राखेको र उक्त स्थानमा गौरीगञ्ज गा.पा. वडा नं. ४ बस्ने २७ बर्षकी अञ्जुदेवी मुखियासमेत सोही होटलमा रहेको खुलेपछि प्रहरीले बालकको उद्दार र मुखियालाई पक्राउ गरेको थियो।
पक्राउ गरिएका तीनै जनालाई अपहरण तथा शरीर बन्धक मुद्धामा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger