Latest Updates :

श्रीमतीको हत्या गरी ४ दिन सम्म सोफामुनि राखेपछि


SHARE THIS POST :
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा रसियामा एक व्यक्ति पक्राउ परेका छन्। एभगेनी नाम गरेका ती २५ वर्षीय पुरुषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।

दुई सन्तानकी आमा ३१ वर्षीय मारिनालाई एभगेनीले आफ्नै अपार्टमेन्टमा गत्या गरेका थिए। आफ्नो जन्मदिनको दिन एभगेनीले श्रीमतीको हत्या गरेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

श्रीमतीको हत्या गरी उनले शवलाई सोफा मुनि ४ दिन सम्म लुकाएर राखेका थिए। ४ दिन पछि मौका छोपेर शवनै गाएब बनाएका उनलाई प्रहरीले शव डिस्पोज गरिएको ठाउँ पत्ता लगाउन बयान लिइरहेका छन्।

लगातार ४ दिन देखि गायब रहेकी मारिनाका साथीहरुले एभगेनीसँग सोध्ने कोसिस गरेको भएता पनि प्रयास असफल भएको थियो। एभगेनीको व्यवहार शंकस्पाद देखिएपछि घटनाको अनुसन्धान प्रहरीले गरेपछि घटनाको पर्दाफास भएको हो।

छोरा पक्राउ परेपछि एभगेनीको आमाले पनि आफ्नो छोराले केहि दिन देखि अजिव किसिमको हर्कत गरिरहेको बताएकी थिइन्। प्रहरी हिरासतमा हुँदा एभगेनीले भने,” श्रीमतीको हत्या मैले गरेको हुँ। हत्या गरेर लास सोफा मुनि ४ दिन सम्म राखें। ४ दिन पछि मौका हेरी लासलाई अन्तै लगेर डिस्पोज गरें।”

उनले हत्या गरेको स्वीकार गरिसकेको भएता पनि श्रीमतीको लास भएको ठाउँ बताउन भने नमानेको स्थानीय मिडियाको भनाइ छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger