Latest Updates :

एयर एम्बुलेन्स(हेलिकोप्टर) दुर्घटना हुँदा २ पाइलट ४ जनाको मृत्यु


SHARE THIS POST :
 पोर्चुगलमा एयर एम्बुलेन्सका रूपमा प्रयोग गरिएको एउटा हेलिकोप्टर दुर्घटना हुँदा २ पाइलटसहित ४ जनाको मृत्यु भएको छ।यो दुर्घटनामा मृत्यु हुने अन्य दुई यात्रुमा एकजना डाक्टर र एक नर्स रहेका छन्।

चारजना सवार एनेमको एयर एम्बुलेन्स शनिवार बेलुका साढे ६ बजेदेखि हराएको थियो। हराएको हेलिकप्टरको शनिबारदेखि खोजी थालिएको थियो ।

हेलिकप्टर दुर्घटना भएको अवस्थामा पोर्चुगलको दोस्रो ठुलो सहर पोर्टो नजिकैको पहाडमा आइतवार बिहान १:३० बजेतिर मात्रै फेला परेको हो । उक्त हेलिकप्टर भेलोङ्गाको सान्ता जुस्ता पहाडी शृंखलामा दुर्घटनामा परेको खुलेको छ ।

खोजीमा रहेका प्रहरी र उद्धार टोलीले हेलिकप्टर पूर्ण क्षतिग्रस्त अवस्थामा भेटेका हुन् । त्यसमा सवार सबै चारजना मृत अवस्थमा भेटिएका छन् ।

हेलिकप्टर दुर्घटना भएको स्थानमा मौसम निकै खराब रहेको खुलेको छ । तर पनि दुर्घटनाको कारण अनुसन्धानपछि मात्रै थाहा हुने कुरा अधिकारीहरुले बताएका छन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger