Latest Updates :

श्रृंखलाले जितिन मिस वर्ल्ड २०१८ को मल्टिमिडिया अवार्ड ,श्रृंखला पुगिन प्रतियाेगिताकाे फाइनलमा


SHARE THIS POST :
काठमाण्डौ , मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger