Latest Updates :

एक महिला र २ बालिकाको शवमा कशैको पनि टाउका थिएनन्, दुवै हातका हत्केला पनि काटिएका थिए


SHARE THIS POST :
बिहानै मर्निङवाक गएकाहरुले सडकको छेउमा नीलो रंगको ड्रम देखे । पहिले त्यहाँ नभएको ड्रम देखेपछि उनीहरु उत्सुकतावश हेर्न गए । तर, जब उनहिरुले त्यहाँको दृश्य देखे डराएर भागाभाग भयो । शुक्रबार बिहान दिल्ली–पिलानी राजमार्गको छेउमा भेटिएको त्यो ड्रमभित्र एक महिला र २ बालिकाको शव थिए । तीनवटै लाशका टाउका थिएनन् । शवको पहिचान अहिलेसम्म पनि हुन सकेको छैन । पुलिसले यी शव आमा र दुई छोरी हुनसक्ने आशंका गरेको छ ।

शुक्रबार बिहान ६ बजेतिर सडकमा मर्निङवाकमा हिँडेका मानिसहरुले सबैभन्दा पहिले यो ड्रम देखेका थिए । यी मानिसहरु सधैं त्यही समयमा मर्निङवाकमा हिँड्थे । रातारात ड्रम कहाँबाट आयो भन्ने जान्न उनीहरु सडकबाट तल झरेर ड्रममा हेर्न गए । भित्रको दृश्य देख्दा धेरै मानिसहरु आत्तिएर भागे । केहीले हिम्मत गरेर ध्यानपूर्वक हेर्दा त्यहाँ एकमाथि अर्को शव राखिएका थिए । सबै लाशका टाउका थिएनन् । हिलाको दुवै हातका हत्केला पनि काटिएका थिए ।

यी तीनैजनाको टाउका काटेर अन्यत्रै फालिएको आशंका गरिएको छ । मलिाको हत्केला पनि गायब भएकोलेमहिलाको औलाको छाप लिन नसकिएपछि बालिकाको औलाको छापको नमूना लिएर पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ । कसैले परिवारका ३ जना हराएको रिपोर्ट कतै पुलिस थानामा लेखाएको छ कि भनेर खोजी भइरहेको छ । सामाजिक संजालको पनि सहारा लिइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger