टप ५ को यात्रालाई सक्काउँदै यो शुक्रबार अमित बरालले नेपाल आईडलको मन्च छोडे । अब आइृडलमा अस्मिता अधिकारी, बिक्रम बराल, रबि ओड र सुमित पाठक टप ४ मा छन् । यि उत्तिकै उत्कृष्ट गायन प्रतिभा भएका प्रतिस्पर्धीहरुको टक्कर हेर्न सबै आतुर छन् । सबै यति बेला आफ्ना गृहनगर पुगेका छन् ।
यसैबिच अमित बराल बाहिरिएपछि अमितका प्रिय गायक पुष्पन प्रधान मिडियामा आए । पंक्षी गीत अमित बरालले नेपाल आईडलको मन्चमा गाउँदा अमितलाई भन्दा बढि फाईदा पुष्पनलाई भयो । उनी रातारात चर्चामा आए । उनको स्वरको जादु धेरैले थाहा पाए । अब अमित बाहिरिएपछि पुष्पनले के भने हेर्नुस ।
Post a Comment