Latest Updates :

नेपालमा ८.५ म्याग्निच्युडको भूकम्प जान सक्ने: वैज्ञानिकहरूले गरे सुरक्षित रहन अपिल


SHARE THIS POST :
 पश्चिम नेपाल र भारतको उत्तराखण्ड क्षेत्रमा भूकम्प जाने र कम्तीमा १० लाख मानिस मर्ने अनुमान गरिएको छ । तीनवर्ष लगाएर भारतको जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सिपी राजेन्द्रको नेतृत्वमा भएको अध्ययनले पश्चिम नेपाल र भारतको उत्तराखण्ड छेउछाउलाइ लक्ष्यित गरेर ८.५ म्याग्निच्युडको भूकम्प जाने खतरा देखाएको हो । राजधानी दैनिकमा समाचार छ ।

भूकम्पका पछिल्ला प्रवृत्तिबारे अध्ययन गरिरहेका अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले पनि यो अध्ययन तथ्यपरक रहेको बताएका छन् । कुनै पनि बेला यो विपत्ति आउन सक्ने भएकाले सुरक्षित रहन अपिल गरिएको छ । दक्षिण एसियाको हिमालय क्षेत्रमा भविष्यमा कुनै पनि बेला ८.५ म्याग्निच्युडको भूकम्प जान सक्ने अध्ययनमा देखिएको हो ।

१२ वैशाख ०७२ मा गएको भूकम्पले ९ हजार मानिसको ज्यान गएको थियो । ५ लाख भन्दा बढी घरबारविहीन भएका थिए । उनीहरु तंग्रिएर उठ्ने अवस्था नबन्दै फेरि नेपाल र भारतका १० लाख मानिस मर्नसक्ने अनुमानसहित ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger