Latest Updates :

बिहेपछि सिन्दुरपोतेमा पतिसँग एयरपोर्टमा देखिइन् प्रियंका


SHARE THIS POST :
मुम्बइ , २ डिसेम्बरमा जोधपुरको उम्मेद भवनमा विवाहपछि प्रियंका चोपडा र निक जोनस पहिलो पटक सार्वजनिक ठाउँमा देखिएका छन् । उनीहरु जोधपुर विमानस्थलमा देखिएका हुन् । फोटोमा प्रियंका सिउँदोमा सिन्दूर हातमा मेहन्दी लगाएर सारीमा देखिएकी छिन् । प्रियंका र निकले रोमन क्याथोलिक र हिन्दू दुवै रिवाजमा २ पटक विवाह गरेका थिए । प्रियंका र निकको परिवार जोधपुरबाट सिधै मुम्बइ गएका छन् । उनीहरुको रिसेप्सन अझै बाँकी नै छ । पहिलो रिसेप्सन ४ डिसेम्बरमा दिल्लीमा हुनेछ ।

दोस्रो रिसेप्सन मुम्बइमा हुनेछ तर यसको मिति तोकिएको छैन । बिहेमा केही हलिउड स्टारहरु पनि आएका थिए । प्रियंका र निकले शनिबार मात्रै क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए। विवाह अगाडि संगीत र मेहन्दीको विधि भएको थियो। त्यस क्रममा प्रियंकासमेत नाचेकी थिइन्। उक्त विधिपछि भएको भोजमा पाहुनाहरूलाई राजस्थानीसहित १५० प्रकारका परिकार खुवाइएको थियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger