र्यालीमा १ हजार भन्दा बढि मोटरसाइकलको सहभागीता रहेको थियो।र्यालीमा सहभागीहरुले गणतन्त्र बिरुद्धमात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड बिरुद्ध पनि चर्को नारावाजी गरेका थिए।
कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले अब संघिय गणतन्त्रलाई जरैदेखि उखेलेर फाल्ने बताए।
उनले केपी ओली र प्रचण्डले देशलाई राजाले भन्दा पनि बढि निरंकुशता लादेको भन्दै अब जनताको बलले राजसंस्था फर्काउने र राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने बताए।
पुष १ गतेको कार्यक्रम सांकेतिक मात्रै भएको बताउँदै आगामी दिनमा अझ सशक्त कार्यक्रम गर्ने युवा शक्तिले जनाएको छ ।
Post a Comment