Latest Updates :

सानै उमेरमा बिहे गरेकी जीवनालाई पर्यो यस्तो बिपत्ती ! घरमा सुताएर गएको छोराछोरी घर फर्कदा खरानी भएपछी


SHARE THIS POST :
 बर्षिया जीवनाको कोखबाट एकै पटक तीन छोराछोरी खोसिएका छन् । सानै उमेरमा बिहे गरेकी जीवनालाई यो बिपत्ती आउला भन्ने कहिल्यै कल्पना पनि थिएन । काखे छोरा बिरामी परेका कारण उनि झारफुकका लागि धामी कहाँ जादै थिईन । बंगलाचुली गाउपालिका वडा नम्बर ८ गुरासे की जीवनाको काखबाट एकै पटक तीन छोराछोरी खरानी भए । मंसिर २७ गतेको बेलुकी जीवनमै भुल्न नसक्ने क्षण बन्यो । १६ महिने छोरा बिबेक पुन बिरामी भएकाले झारफुक गर्न जाँदै गर्दा घर मा आगो लाग्यो ।

दुई तले घरमा आगलागी हुँदा उहाँका छोरा ७ वर्षीय कृष्णबहादुर पुन, छोरीहरु ५ वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जली पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । विहिबार बेलुका ६ बजे तिर का खे बच्चालाई झारफुक गराउन भनेर आमा जीवना पुन घरबाट हिँडेको र बालबालिकाहरु घरभित्रै भएको बेला आगलागी भएको थियो । घरमूली नवराज भने कामको सिलसिलामा भारतमा रहनुभएको छ । खरको छानो भएको घर पूरै जलेर खरानी भएको छ। बाल बालिकाको अवशेष पनि फेला पार्न कठिन भएको र हड्डीका टुक्राहरु मात्रै फेला परेको वडा अध्यक्ष गिरराज बाठाले जानकारी दिए ।

काखे बच्चा केही समय देखी बिरामी रहेको र धामी कहाँ झारफुक गराउन जिवना घरबाट निस्केको केही समयमै घरमा आगो लागेको थियो । बालबच्चाहरुलाई खाना खुवाएर तिमिहरु ढोकाको चुकुल लगाएर सुत म बाबुलाई झारफुक गराएर ल्याउछु भनी जीवन गाउँ तिर बेलुका ६ बजे निस्कनु भएको थियो । घर देखी केही टाढा गएपछि ठूलो आवाजमा पड्केको सुन्नुभयो, त्यस लगत्तै आफ्नो घरमा आगोको मुस्लो देख्नुभयो ।व्याट्रि पड्कीएर आगो लाग्यो कि सोलारको तार सर्ट भएर आगो लागेपछि व्याट्रि पड्कीयो भन्ने बारेमा केही खुलेको छैन् ।

घरले छाएको घरमा आगो दन्कीदै गएपछि जीवना चिच्याउदै घर आउनु भयो । तर आगो निकै ठूलो लागि सकेकाले निभाउन र बालबच्चालाई निकाल्न सक्नुभएन । गाउँलेहरुलाई गुहार गुहार भन्नुभयो केही गाउँले जुटे तर निभाउन सकेनन् । पानी पनि नभएका कारण आँखा अगाडी नै छोराछोरीलाई बलि रहेको आगोबाट निकाल्नै सक्नुभएनछ जीवनालाई उदृत गर्दै वडा अध्यक्ष बाठाले भन्नुभयो ।गुरासे गाउँमा १८ घर धुरी रहेका छन् । ति घरहरुका पुरुषहरु अधिकांश भारतमा रोजगारीका लागि गएका छन् । जीवनाका श्रीमान नवराज पनि यही मंसिर महिनामा कमाइका लागि भारत जानुभएको छ ।

उहाँ गएका एक महिना पनि नभएको जीवनाले बताउनुभयो ।परदेशमै रोजगारी गरेर परिवार पार्दै आएका गुरासे गाउँ पुरुषहरु बिहिन जस्तै भएको छ । महिला, बालबालिका र बृद्धबृद्धाहरु मात्रै गाउँमा छन् । गाउँमा पुरुषहरु धेरै भएको भए आगो निभाउन केही उपाय लाग्थ्यो कि हामी महिलाहरु मात्रै भयौ केही गर्नै सकिएन उहाँले भन्नुभयो ।घटना लगत्तै हासिपुरमा रहेको प्रहरी टोली गुरासे पुगेको थियो । तर प्रहरीको पनि केही उपाय लागेन । जलेका भनिएका शबहरु भेटाउनै मुस्कील परेपछि जिल्ला प्रहरी कार्यालय घो राहीले डिएसपी रामप्रसाद घर्तीको कमाण्डमा प्रहरी पठायो ।

शुक्रबार मध्यान्न १२ बजे घोराहीबाट हिडेको प्रहरी बेलुका ५ बजे घटना स्थलमा पुगेको थियो । माथिल्लो तलामा सुतेका बालबालिकाहरु जलेर खरानी भएका थिए । साना साना हड्डीका टुक्रा बाहेक अरु केही फेला परेन । प्रहरीले आफ्नो अनुसन्धानको प्रकृयालाई पुरा गर्न त्यही हड्डीका टुक्राहरु पोको पारेर घोराही फर्कीएको छ ।बंगलाचुली गाउँपालिकाले आगोमा जलेर मृत्युभएका तीन बालबालिकाको किरिया खर्च भनि जनही पाँच पाँच हजार रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीको नेतृत्वमा पुगेको स्थानिय सरकारले चामल, दाल, नुन, तेल, ओड्ने ओछ्याउने कपडा, लगाउने न्यानो कपडा उपलब्ध गराएको छ ।

साथै नेपाल मगर संघले पनि खाद्यान्न उपलब्ध गराएको छ । घरको तल्लो तलामा बाँधेका २ ओटा गोरु, एउटा गाई र ७ वटा बाख्रा पनि जलेर मरेका छन् । त्यसैगरी ३० मुरी मकै, आधा तोला सुन र ४ हजार नगद पनि जलेको पिडित जीवनाले जानकारी दिनु भयो ।केही समय देखी बिरामी जीवनाका काखे बच्चालाई उपचारका लागि प्रहरी टोली सँगै घोराही ल्याईएको छ । आमा र बच्चालाई आफुहरुले प्रहरी सँगै घोराही ल्याएको वडा अध्यक्ष बाँठाले बताउनुभयो । बच्चालाई निमोनिया भएको आशंका गरिएको छ । गाउँ मा झारफुक गर्दै आउनुभएको रहेछ हामीले उपचारलाई अस्पताल लैजानु पर्छ भनेर घोराही ल्याएका छौ उहाँले भन्नुभयो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger