Latest Updates :

एक महिनादेखि हराइरहेका सुवास १ महिना पछि यस्तो अबस्थमा भेटिए


SHARE THIS POST :
एक महिनादेखि परिवारको सम्पर्कमा नरहेका घोराही उपमहानगरपालिका १३ का १७ वर्षीय सुवास पुनको शव फेला परेको छ। गत कात्तिक ३० गते स्वर्गद्वारी घुम्न गएका पुनको शव घोराही १९ को हरिकिसे जंगलको भीरमा फेला परेको हो। स्थानीय महिलाहरूले दाउरा संकलनका क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुनका भिनाजु विवेक गुरुङले कपडा देखेर पहिचान गरेको घोराही उपमहानगरपालिका १९ का वडासदस्य जंग रोकाले बताए। मृतक पुनको शव अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि ल्याइएको छ।

मृतक पुनको शरीर गलेको अवस्थामा रहेको वडासदस्य रोकाले बताए । नौ जना साथीहरूसँग प्यूठानको स्वर्गद्वारी घुम्न गएका पुन त्यसपछि परिवारको सम्पर्कमा थिएनन्। उनीसँगै स्वर्गद्वारी गएका साथीहरू पनि घर फर्किएका थिए। उता महोत्तरीमा नक्कली विवरण विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रशासन कार्यालय गौशाला महोत्तरीमा सोमवार झुठो विवरण पेश गर्दै नागरिकता बनाउन खोज्ने दुई जनालाई पक्राउ गरेको हो। प्रहरीको टोलीले उनीहरुको साथबाट आधार कार्ड १ थान, गभर्नमेन्ट अफ मणिपुर भारतबाट प्राप्त मोटरसाइकलको लाइसेन्स १ थान समेत बरामद गरेको महोत्तरी प्रहरीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।पक्राउ पर्नेमा औरही नगरपालिका –३ बस्ने ३९ वर्षीय सिवो देवी र बिहार प्रान्त मुज्जफरपुर जिल्ला शिवदाशपुर वडा नं. ६ दौरा असली भारत बस्ने २१ वर्षीय राजपाल सहनी रहेका छन्। साविक श्रीपुर गाविस वडा नं. २ बस्ने सिवो देवीले आफ्नो ज्वाइँ राजपाल सहनीलाई आफ्नो छोरा हो भनि नेपाली नागरिकताको प्रमाणपत्र बनाउन खोज्दा उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौशा लाको टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger