Latest Updates :

देउवाको हंगामा र बैठकमै हात हालाहालको भिडियो सार्वजनिक, यसरी फुट्यो माइक – हेर्नुस् भिडियो


SHARE THIS POST :
 शनिबारबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको थियो । काँग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए । सभापति केसीले भने- ‘म बोल्दै थिएँ । एकाएक डा. महत आएर मेरो माइक खोस्न थाल्नुभयो । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ ।’ उनले थपे- ‘विधान नआएसम्म बैठक अघि बढ्दैन भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको छ ।’

सहमहामन्त्री महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्ष लिएका छन् । हात हालाहालकै स्थिति आएपछि बैठक स्थगित गरिएको थियो ।यसरी फुट्यो माइक – हेर्नुस् भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger