ऋण खोजेर कुबेत पुगेकी उनलाई काम गरेको कम्पनीले तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ थाहा नभएको रोग लाग्यो । नाक र मुखवाट ह्वालह्वाल्ती रगत आउँछ । एकै छिनमा राम्रै भएकी कबिता केही बेरमै रगताम्य भएर इन्तु न चिन्तु हुन्छिन् ।
६ महिना कुबेत बसेर पनि एक पैसा हातमा नभएपछि उनी अरुसंग सहयोग लिएर काठमाडौं आइपुगीन् । तर उनी कोहलपुर स्थित घर भने जान सक्दीनन् । एक त उनी खाली हात नेपाल फर्केकी छन् । दोस्रो उनका श्रीमानले अर्का विवाह गरेका छन् । उनका दुई छोराछोरी पनि श्रीमानको कब्जामा छन् । श्रीमानले कबितालाई घर आउनु पर्दैन भनेर धम्की दिएका कारण उनी घर जान सकेकी छैनन् ।
अस्वस्थ्य शरिर र मनभरी पीडा बोकेर काठमाडौंमा भौतारिएकी कबिताले एक संचारकर्मी भेटिन् । उनले आफ्नो सबै पीडा ति संचारकर्मीलाई बताइन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ ।
कुवेतवाट काठमाडौं आएको ८ दिन सम्म सडकमै भौतारिएकी उनको उपचार सुरु त भएको छ तर उनीसंग न कोही आफन्त छन् न त उनीसंग उपचार गराउने पैसा । त्यसैले उनले सहयोगी मनहरुसंग सहयोगको अपिल गरेकी छन् । हेर्नुहोस् भिडियो
Post a Comment