Latest Updates :

ईएमआईसी अस्पतालमा भीषण आगलागी, ३ को मृत्यु १०८ गम्भीर


SHARE THIS POST :
 मुम्बईको अंधेरी क्षेत्रमा रहेको ईएमआईसी अस्पतालमा आगलागी भएको छ । सोमबार साँझ भएको आगलागीबाट ३ जनाको मृत्यु भएको छ भने १ सय ८ जनाको अवस्था गम्भीर रहेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

१ सय ८ जना घाईतेलाई शहरका बिभिन्न अस्पतालमा भर्ना गरिएको छ । आगो के कारणले लागेको हो भन्नेबारेमा अहिलेसम्म कुनै खबर आएको छैन । अस्पतालमा आगलागी शुरु हुनेबित्तिकै त्यहाँ भएका मानिसहरुलाई तुरुन्त बाहिर निकाल्ने कोसिस गरिएको थियो । १० भन्दा बढी बारुणयन्त्र आगो नियन्त्रणको प्रयासमा रहेको समाचारमा उल्लेख छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger