Latest Updates :

क्यान्सरलाई जितेर स्वदेश फर्किएकी नायिका सोनाली बेन्द्रेले प्रियंकालाई भेटेर दिइन् मुस्कुराउँदै शुभकामना


SHARE THIS POST :
अभिनेत्री प्रियांका चोपडा र निक जोनसले भारतको जोधपुरमा क्रिश्चियन र हिन्दु परम्परा अनुसार धुमधामका साथ विबाह सम्पन्न भयो । अमेरिकन प्रेमी गायक तथा लेखक निकसँग लगनगाँठो कसेकी सुन्द्यरी प्रियंकाले परिवारजन र नजिकका साथिहरुबीचमा विवाह गरिसकेपछि उनले आयोजना गरेको पाटीमा भारतका गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो । पार्टीमा नबविवाहित प्रियंका र निकलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भएर शुभकामना तथा बधाई दिएका छन ।

साथै हलिउडका स्टार ड्वेन जोनसन अर्थात द रक पनि यस पार्टीमा सहभागी भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । उनी निक र प्रियंका दुवैका नजिकका साथी हुन । प्रियंकाले द रकका साथ फिल्म ‘बेवाच’ मा काम गरेकी छिन भने निक जोनसले ‘जुमन्जी २’ काम गरेका थिए ।

साथै प्रियंका चोपडाकी नजिककी साथी एवम् बलिउड अभिनेत्री सोनाली बेन्द्र पनि उपस्थित भएको बताइएको छ । अभिनेत्री सोनाली बेन्द्रे केही महिनादेखि अमेरिकामा क्यान्सर रोगको उपचार गराइरहेकी थिइन । उनी हालै भारत फर्किएकी छिन । भारत फर्किए लगत्तै सोनालीले प्रियंकालाई भेटेर बधाई दिएको भारतीय मिडियाहरुल्े उल्लेख गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger