Latest Updates :

कार्यालय गएका चौकिदार भट्टको ट्रान्सफरमा जलेर मृत्यु ,कार्यालय प्रमुख सहितका पाँच कर्मचारीलाई नियन्त्रणमा


SHARE THIS POST :
नेपाल विद्युत प्राधिकरण लालपुर सव स्टेशनका चौकिदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमा जलेर मृत्यु भएपछि हत्या भएको भन्दै दोषिमाथि कारबाहीको माग गर्दै आफन्तले पुर्वपश्चिम राजमार्ग बन्द गरेका छन् ।

सव स्टेशन को ठुलो ट्रान्सफरमा उनी मृत फेला परेका थिए । विद्युत कार्यालय नजिकै रहेको मालिकार्जुन होटेलमा बिहान साढे पाँचबजेतिर चिया खाएर कार्यालय गएका भट्टको ट्रान्सफरमा जलेर मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–१९ बाँगफाँटा निवासी भट्टका आफन्तले सुनियोजित ढङगबाट उनको हत्या भएको आरोप लगाएका छन ।मृतक भट्टका भतिजा कृष्णदेव भट्टले काकाको विद्युतकै कर्मचारीबाट हत्या भएको आरोप लगाए ।

‘बिहान बाहिरबाट चिया खाएर भित्र पसेका चौकिदारलाई कसले ट्रान्समिटरमा चढायो ?,’ उनले प्रश्न गरे, ‘यो सरासर हत्या गर्ने षड्यन्त्र हो, उनलाई खालीखुट्टा विद्युतको ट्रान्समिटरमा चढाइयो किन ?’ भट्ट मृत फेला परे लगत्तै प्रहरीले कार्यालय प्रमुख पदम चन्द सहितका पाँच कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह, कमल सिह बडूलाई नियन्त्रणमा लिएको हो । मृतका आफन्तले उनीहरु हत्या भएको बताएपछि प्रहरीले सुरक्षा र सोधपुछका लागि भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहान ९ बजेदेखिनै पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गरिएको छ । आफन्तले शव पनि उठाएका छैनन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger