Latest Updates :

भर्खरै कपिलवस्तुमा अचम्म भयो : करोडौं पलभरमै खरानी भयो


SHARE THIS POST :
 कपिलवस्तुको चन्द्रौटामा गुडिरहेको ट्रकमा आगलागी हुँदा ट्रकभित्र रहेको एक करोड रुपैयाँ बराबरको सामान क्षति भएको बताइएको छ ।डडेलधुरामा एनसेलको टावर बनाएर फर्किँदै गरेको ना ६ ख ५८१२ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो । चन्द्रौटा राजस्व चेकप्वाइन्टमा आइपुग्दा ट्रकको छतबाट एक्कासी आगोको मुस्लो निस्किएपछि स्थानीय र प्रहरीले झण्डै एक घण्टासम्म आगो निभाउने प्रयास गरे ।नजिकै दमकल नहुँदा आगो निभाउन कठिन भएको बताइएको छ । आगलागीमा मानवीय क्षति र ट्रकमा पनि धेरै क्षति नभए पनि त्यसभित्र लोड गरिराखेको सामान भने नष्ट भएको हो ।ट्रकमा राखिएको ब्याट्री एक्कासी सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । ट्रकमा एनसेलको टावरका लागि चाहिने पुरानो तथा नयाँ ब्याट्री र त्यससम्बन्धी सामग्री लोड गरिएको थियो ।

बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ पत्थरकोटमा नातिले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन्। मानसिक सन्तुलन ठिक नभएका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा लोकेन्द्रले दाउराको चिरपटले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।बाजे बज्यैको हत्या गर्ने लोकेन्द्रलाई शंकरपुर प्रहरीचौकीले नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्व टोली खटाएको प्रहरीले जनाएको छ।

घरमा बसिरहेका बेला लोकेन्द्रले एक्कासी बाजेबज्यैलाई चिरपटले प्रहार गरेको प्रारम्भिक रुपमा बुझिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। उनले भने ‘बाजेबज्यैको हत्या गर्ने लोकेन्द्र मानसिक सन्तुलन ठिक नभएका बुझिएको छ। यसको बारेमा थप अनुसन्धान गर्न प्रहरी टोली खटिसकिएको छ।’पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ आँपपाटामा डोजरले पल्टाएरको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ। शनिबार दिउँसो सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका २ सोमादीका ७ वर्षीय रोजित रास्कोटीको बा २ क ७४७३ नम्बरको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुंङ्गाले लागेर मृत्यु भएको हो। छहरा ,अमलावास हुँदै तान्सिङ्गल जोड्ने मोटर बाटो खन्ने क्रममा ढुङ्गाले लागेर सास्कोटीको घटनामस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। शवलाई पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।डोजर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनोद अधिकारीले जानकारी दिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger