Latest Updates :

शृंखलाले सान्तोना दिदै भनिन्, ‘नआत्तिनुहोला नेपाल अझै धेरै बाँकी छ-हेर्नुहोस (भिडियो सहित)


SHARE THIS POST :
चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजय भएकी छिन् ।हेड टु हेड च्यालेन्जमा विजयी भएसँगै सिंगापुरकी प्रतियोगी शीर्ष ३० मा पुगेकी छिन् ।यससँगै, श्रृङ्खलालाई शीर्ष ३० मा पुर्याउने नेपालीको चाहना अपूरो भएको छ ।

श्रृङ्खलाले आफू नेपालीले अपेक्षा गरे अनुरुप खरो उत्रिन नसकेकोमा माफी मागेकी छिन् । आइतबार बिहान एक भिडियो पोष्ट गर्दै उनले भनेकी छिन्, ‘ बि हान युट्युबमा भिडियो हेरेपछि कस्तो गल्ती गरेँ भनेर थाहा पाएँ । अझ धेरै राम्रो गर्न सक्थें । सरी नेपाल ।’‘हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुगुँ भन्ने मन थियो । नआत्तिनुहोला, अझै पनि ३० वटा मध्ये १७ वटा सिट खाली नै छन् । त्यसकारण यो अन्त्य होइन । सरी भन्न चाहन्छु, राम्रो गर्न सक्थें अझै,’ उनले थपिन् ।

आफ्नो प्रोजेक्टबारे साढे एक मिनेटमा जानकारी दिनुसक्नुपर्ने भएकाले समयसीमाले धोका दिने हो कि भन्ने डर लागेको उनले बताइन् । उनले भनिन्, ‘ मैले एकदमै धेरै अभ्यास गरेको थिएँ । सायदै धेरै नै अभ्यास पो गरेँ कि बीचमा बोल्दा बोल्दै एक दुई लाइन भन्न छुटेको रहेछ र सायद त्यो एक आपसमा मेल खाएन । मैले बोलेका कुराहरु त्यति कनेक्टेड पनि भएन ।’उक्त जीतका लागि सिंगापुर नै लायक भएको बताउँदै ‘युट्युबमा नेपालले जित्नुपर्दथ्यो सिंगापुरले किन जित्यो ?’ भनेर नलेख्नका लागि उनले आग्रह गरे की छिन् । ‘ उनी पनि मेरो राम्रो साथी हुन् । म उनको लागि एकदम खुसी छु,’ उनले भनिन् ।हेड टु हेडको शीर्ष २० मा पुर्याइएकोमा आफू नेपालीप्रति निकै आभारी भएको बताउँदै उनले अझै पनि शीर्ष ३० मा पुग्ने आशा भएको बताइन् ।नेपालीले गरेको यत्रो मायालाई कसरी तिर्ने होला भनेर पनि आफूले सोच्ने गरेको उनले बताइन् ।

‘नेपाल आएर धेरै कामहरु गर्न मन छ,’ उनले भनिन् ।आफूलाई कहिले पनि सार्वजनिक व्यक्ति हुने लालच नभएको बताउँदै आएकी श्रृङ्खलाले सार्वजनिक व्यक्ति भएपछि आवाज बलियो हुन्छ, त्यो कसैको लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्र मिस नेपाल र मिस वर्ल्डप्रति आकर्षित भएको बताइन् । उनी भन्छिन्, ‘एक व्यक्तिले संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा म हृदयदेखि नै विश्वास गर्छु ।’ भिडियो हेर्नुहोस…
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger