Latest Updates :

मिस वर्ल्डमा श्रृंखलालाई हौसला दिन नेपाली झन्डा फहराउँदै बुबासहित ३१ जना चीनमा


SHARE THIS POST :
मिस वल्र्ड नेपाल २०१८ श्रृंखला खतिवडालाई हौसला दिन उनका अभिभावकसहित आफन्त, शुभचिन्तक, छरछिमेकको टोली चीन गएको छ । उनीहरु बिहीबार त्यसतर्फ लागेका हुन् । श्रृंखलालाई भेट्न र हौसला दिन ३१ जनाको टोली बिहीबार दिउँसो १ बजे चीन गएको हो। छेन्दुमा ८ घण्टा ट्राञ्जिटका कारण टोली आज (शुक्रबार) सान्या पुग्नेछ। श्रृंखलाका बुबा प्रतिनिधिसभा सांसद् विरोध खतिवडा, प्रदेश–३ सांसद् आमा मुनु सिग्देलसहित परिवार, हेटौंडा उपमहानगर उपमेयर मीना लामा सहित शुभचिन्तकको टोली चीन गएको छ । बुबा विरोधका अनुसार श्रृंखलालाई मिस वल्र्ड आयोजित चीनको पर्यटकीय सहर सान्यामा भेट्ने तयारी छ । मिस वल्र्डको मंसिर २२ गते हुने अन्तिम प्रतिष्पर्धामा सहभागी भएर नेपाल फर्किने योजना रहेको खतिवडाले बताए ।

मिस वल्र्ड प्रत्यक्ष हेर्न सबैको टिकट बुकिङ भइ सकेको छ । मिस वल्र्डको अन्तिम तयारीका लागि श्रृंखला व्यस्त रहेको भन्दै आमा मुनुले मंसिर १८ गते देखि क्लोज क्याम्पमा श्रृंखला रहेको बताइन् । उनले भनिन्– यसपटकको मिस वल्र्ड नेपालले जित्नेमा ढुक्क छौं। श्रृंखलाले मिस वल्र्ड मल्टि मिडिया अवार्ड र ब्युटी विद अ पर्पस अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन् । मल्टिमिडिया अवार्ड सहित दुई अवार्ड जित्ने पहिलो र ब्युटी विद अ पर्पस जित्ने दोस्रो मिस नेपाल हुन् उनी । श्रृंखलाको उत्कृष्ट सहभागिताले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देशविदेशमा रहेका नेपालीमा उल्लास छाएको छ । खुशी साट्दै विरोधले भने–श्रृंखलाले जित्न चाहेकै मिस वल्र्डपछिको दोस्रो ठूलो मानिने ब्युटी विद अ पर्पस अवार्ड जितिन् । मिस वल्र्डमा दुई अवार्ड जितेपछि श्रृंखलामा धेरै उत्साह र आत्मविश्वास बलियो भएको उनले दाबी गरे ।

ब्युटी विद अ पर्पसमा उनले मकवानपुरको भिडियो प्रस्तुत गरेकी थिइन् । उनले गृह जिल्ला मकवानपुरको कैलाश गाउँपालिका –७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गरेकी थिइन् । त्यहाँका बृद्धबृद्धा, बालबालिकासँग भएका कुराकानी तथा सम स्याको रिपोर्ट र समस्याका हल गर्ने विषयमा गरिएका उनका प्रयासलाई उनले प्रस्तुत गरेकी थिइन्। उनले कुपोषणग्रस्त चेपाङ गाउँको यथार्थ प्रस्तुत गरेकी थिइन्। उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ। डिजाइनअनुसार स्वास्थ्यचौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री, तापरहित एवम् हलुका छ । चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी,स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने उनले बताइन्। स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger