Latest Updates :

यहिँ भिडियो हो जसले संसारलाई रुवाउयो शृंखलालाई ब्युटी पर्पोज जितायो, मन थामेर हेरौँ यो भिडियो।


SHARE THIS POST :
चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा सारा नेपालीका लागि अत्यन्तै खुशीको खबर आएको छ । हेड टु हेडमा सिंगापुरसँग पराजित भएपनि अन्ततः श्रृङखला खतिवडाले मल्टिमिडिया अवार्डको ताज पहिरिएर फाईनल चलणमा प्रवेश गरेकी छिन्। हेड टु हेड च्यालेन्ज बाट हार बेहोरेकी शृङ्खलालाई फाईनलमा पुग्न मल्टिमिडिया अवार्ड ठूलो माध्यम बनेको थियो । जुन आज पूरा भएको छ । मिस वर्ल्डको अफिसियल फेसबुक पेजमा श्रृङखलाले मल्टिमिडिया अवार्ड जितेको कुरा सार्बजनिक भएको छ ।

फाईनलको यात्रामा शृङ्खलाले पाएको चुनौतीलाई नेपालिले धेरै सपोर्ट गर्दै आज उनी फाईनलमा पुगेकी छिन् । यतिबेला मिस वर्ल्डको चर्चा नेपालमा बिगतको बर्षमा भन्दा बढी नेपालमा भैरहेको छ । यसको प्रमुख कारण हो, मिस नेपाल २०१८ श्रृङखला खतिवडा । हुन त यसअघिका वर्षहरुमा पनि मिस वर्ल्डको चर्चा नेपालमा नभएको भने हैन । तर पुराना वर्षको अनुपातमा यो वर्ष निक्कै चर्चा भएको छ । श्रृङखलाको सामाजिक कार्य, आत्मविश्वास र प्रस्तुतीकरण मुख्य पाटो बन्न पुग्यो चर्चाको लागि । त्यसैले पनि नेपालीहरुको भरपुर साथ र सपोर्ट पाइरहेकि छिन् । उनको जित नै नेपालको सफलता हो भनेर सबै नेपाली हरु एकजुट भएर शृङ्खलाको जितका लागि जुटेका छन् । मिस वर्ल्ड-२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।

अहिले हामी संसारलाई गौंतम बुद्धको देश अनि सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनाउने दौंडमा छौं । आज नेपाल विश्व सुन्दरीको ताज पहिरहन तयार भएर वसेको छ । हिजो नेपाली जनताले गरेको भोट र सहयोगले भारतीय लगायतका धेरैं मैंदानहरुमा उनिहरुलाई हराएर नेपालले धेरैं उपाधि जितेको इतिहास हामीसँग रहेको छ । यसैं विच हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा नेपाल सिंगापुरसँग पराजित भएको थियो तर नेपाली चेली श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने र नेपाललाई विश्वमा चिनाउँने यो अभियानलाई यत्ति कुराले रोक्न सकेन ।

मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको “फाइनल राउण्ड” मा पुगेकी छन् । “मल्टिमिडिया प्रयोग” तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् ।

मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ । यो भएसँगैं अब नेपापले विश्व सुन्दरीको ताज पाउँन सक्ने सम्भावना बलियो बन्दैं गएको छ । अब हाम्रो साथ खतिवडालाई चाहिने भएपनि अन्तिम विजेता बन्नको लागि उनैं खतिवडाले राम्रो मेहनत गर्नुपर्छ । उनी भित्र रहेको कला र कौंशलतालाई आज संसारले प्रशंसा गरिरहेको छ । यसैं बिचमा यदी उनले निर्णायक मण्डलहरुको मन जित्न सकिन भने यो वर्षको विश्व सुन्दरी धेरैं वर्ष पछि नेपाललको पोल्टामा पर्ने देखिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger