Latest Updates :

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा न्याय माग्दै कालोपट्टी बाधेर सडकमा सुतेर धर्ना


SHARE THIS POST :
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारामाथि कारबाहीको माग गर्दै आन्दोलनरत महिला अधिकारकर्मीहरुले सडकमै सुतेर धर्ना दिएका छन ।

मगलवार उनीहरुले आखाँमा कालोपट्टी बाधेर सडकमै सुतेर धर्ना दिएका छन ।

निर्मलाले न्याय नपाएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरुले केहीदिनदेखि आन्दोलन सुरु गरेका थिए ।
आन्दोलन अन्तर्गत सोमवार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिईएको थियो ।

आन्दोलनका कार्यक्रम अन्र्तगत १९ गते न्याय खोज्दै दिउँसै टर्च लाईट बालेर प्रदर्शन गर्ने र २० गते महेन्द्रनगरमा बिशाल मानव साङ्गलोसहित प्रदर्शन गर्ने कार्यक्रम छ ।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्या भएको एकसय २९ दिन बितिसकेपनि हत्या पत्ता लाग्न सकेको छैन भने अनिश्चितकालिन धर्ना सुरु भएको पनि करिव एक महिना पुग्नै लागेको छ ।

धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा गम्भीर समस्या आएपछि काठमाडौंमा उपचार भईरहेको छ ।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा शव भेटिएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. annapurnapnp - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger