जन्मदिने आमाको हरेक कुरा र सम्झना कर्मदिने आमाबाट पाएको रविले बताए । आमा, बुवा, १ बहिनी, २ भाई र आफु संग ६ जनाको परिवारमा रहेका रविको घरको आर्थिक अवस्था निकै दयनिय रहेको छ । रविको बुवा र बहिनी भारतमा बस्नुहुन्छ भने अहिले घरमा २ भाई, आमा र रवि गरेर ४ जनाको परिवार रहेको छ ।
सम्पतिलाई आफ्नो प्रतिभाले जितेका रविले मध्य तथा सुदुरपश्चिमका लाखौ दर्शक, श्रोताको मन जितेका छन् । उनलाई जिताउन यतिबोला सुदुपरिश्चम प्रदेशदे अभियाननै चलाएको छ । सालिन, शुशिल र हेर्दापनि चिटिक्क देखिने रविले मन्चमा पनि जजको मन जित्ने प्रतिष्पर्धीमा पर्छन् ।
रविले आफुलाई दिइरहेको साथ, माया र हौसलाका लागि देश विदेशमा रहेका आफ्ना सम्पुर्ण शुभचिन्तक, दर्शकलाई धन्यवाद दिएका छन । साथै, आगामी यात्राका लागि दर्शकको अझै ठुलो साथ र सहयोग चाहिने हुँदा निरन्तर साथ र सहयाग गरिदिन अपिल समेत गरेका छन् ।
Post a Comment