प्रतियोगितामा चारजना कोचको प्रत्येक टिमबाट अन्तिममा एक-एक ४ जना गरि ‘टप ४’ मा पुगेका थिए । भोटिङका आधारमा भ्वाइस अफ नेपाल घोषणा गरिएको हो ।गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए । टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए ।
पूर्णत दर्शकको भोटमा आधारित यस फाइनलमा द भ्वाइस अफ नेपालले दर्शकको भोटको निर्णयलाई शिरोधार्य गर्नेछ भनें लगत्तै अब सिजन २ को अडिशन पनि शुरु गर्ने बताइएको छ । द भ्वाइसको अब लगत्तै सिजन २ को डिजिटल अडिशन शुरु गर्ने जना इएको छ । अन्य रियालीटी शो मा झै डिजीटल अडिशनलाई घन्टौं कुनै नपर्ने अनि आफ्नो रेकर्ड घरबाटै पठाउन सकिने सहज रहेको द भ्वाइस आयोजक संस्थाले बताएको छ ।
यसरी डिजीटल अडिशनमा नेपाल भित्र र बाहिर जतासुकैका भएपनि नेपाली संगीतप्रेमीले आफ्नो आवाज समावेश गर्न सहज हुनेछ । द भ्वाइस अफ नेपाल केवल आवाजको रंगमञ्च भएकाले बिदेशी गीतको डिजीटल रेकर्ड आफ्नो भाषामा पठाए पनि केही फरक नपर्ने आयोजक बताँउदछन् । यस सिजनमा पनि बिभिन्न अन्य देशहरुबाट आवाजहरु समावेश हुन सकेका कारण डिजीटल अडिशनका कारणले नै भएको बताइन्छ । जे होस् सिजन २ मा निखारिएका आवाजहरुको प्रतिक्षामा द भ्वाइस अफ नेपाल रहने भनें पक्का छ है ।
Post a Comment